२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

तीजका भाखामा चेतनाका स्वरहरु

२५ भाद्र २०७२, शुक्रबार १८:२९

bardiya teej

प्रभात सुवेदी । भदौ २६, बर्दिया । जिल्ला स्थित सुर्यपटुवा गाविस अन्तर्गत ओरालीबजारमा शुक्रबार चेलीबेटी बेचबिखन विरुद्ध चेतनामूलक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

विभिन्न व्यक्तिहरु तथा महिला तथा बालबालिकाहरुको सवालमा काम गर्दै आएका माइती नेपाल, साथी संस्था लगायतसँगको सहकार्यमा स्थानीय अगुवा महिलाहरुको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको हो । १० ओटा समूहहरुको सहभागीता रहेको यो प्रतियोगितामा संगिनी समूह सानोश्री, श्री कृष्ण सामुदायक वन समूह र नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय ढोढरी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने सान्त्वना ओराली समूह भएको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रम सफल पार्नका लगि सहयोग गर्नुहुने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष अन्जु ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले गर्नुभएको थियो । साथै कार्यक्रमलाई माइती नेपाल, खाता जैविक मार्ग व्यवस्थापन समिति, सौगात बेल सर्वत उद्योगले प्रायोजन गरेका थिए भने धेरै महानुभावहरुको व्यक्तिगत सहयोग रहेको थियो ।

bardiya teej2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला