पढ्न करिब 2 मिनेट लाग्छ

कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका एक व्यत्तिकाे हत्या भएकाे छ । गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसीको हत्या भएको हो ।

धादिङका अर्जुन सापकोटाले उनको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । हत्यारा अर्जुन फरार छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ । हत्याराको कुनै कागजपत्र छैन । जिसीको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ ।

मृतक जिसीको शव शान्ता मारिया अस्पतालमा राखिएको छ । पोष्टमास्टर्मपछि अस्पताल प्रशासनले मृतकको शव परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने बताएको छ ।

एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए । मंगलबार राति करिब ११.४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।

३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए । उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल निवर्तमान अध्यक्ष भीम केसीले बताए ।

उनको देब्रे आँखामा पनि चोट लागेर निलो भएको छ । उपचारपछि उहाँ आजै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताए । मृतकका श्रीमति र तीन वर्षीया एक छोरी पोर्चुगलमै रहेका छन् । अर्की छोरी नेपालमै रहेको बुझिएको छ । जिसीका तीन भाइ मध्ये मृतक हरिबहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन् ।

साविक माझफाँट गाविसका हरिबहादुर जिसी पांच बर्षअघि पोर्चुगल पुग्नुभएको थियो । कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्चुगल गएको परिवारले जनाएको छ ।