पर्वत । देशभरीका रोट्याक्ट क्लबका पदाधिकारी पर्वतमा आएका छन् । भोली हुने भनिएको पिएस मिटका लागि देशभरीका झण्डै ११८ क्लबका पदाधिकारी तथा सदस्यहरु पर्वतमा आएका हुन् ।

रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको पीएस मिटका लागि रोट्याक्टरहरु पर्वतमा आउने क्रम जारी रहेको पर्वत रोट्याक्टका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।

रोट्याक्टहरुको पिएस मिटले जिल्लाको पर्यटन प्रर्वद्धनको लागि सहयोग पुग्ने क्लबले जनाएको छ ।

रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त सम्मेलनमा झण्डै ८ सय जना सहभागी रहने आयोजकले जनाएको छ ।

September 15, 2017
पर्बत - PBT, समाज
देशभरीको रोट्याक्टरहरु पर्वतमा, पीएस मिटको तयारी पुरा
By kit
2 मिनेट पढाइ