ताराबहादुर महत । भाद्र ३१, दोलखा । रेडियो शैलुङ्ग दोलखाले आफ्नो १० औं बार्षिक उत्सव आज भव्यताका साथ मनाएको छ ।

बार्षिक उत्सवको आज विहान पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले चरिकोटमा गर्नु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र ३१, दोलखा । रेडियो शैलुङ्ग दोलखाले आफ्नो १० औं बार्षिक उत्सव आज भव्यताका साथ मनाएको छ ।

बार्षिक उत्सवको आज विहान पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले चरिकोटमा गर्नु भएक"/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

रेडियो शैलुङ्गले मनायो आफ्नो १० औं बार्षिक उत्सव

ताराबहादुर महत । भाद्र ३१, दोलखा । रेडियो शैलुङ्ग दोलखाले आफ्नो १० औं बार्षिक उत्सव आज भव्यताका साथ मनाएको छ ।

बार्षिक उत्सवको आज विहान पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले चरिकोटमा गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुँदै पुर्व मन्त्री पोखरेलले देशको सिमाना मिचिएको बारेमा जोडदार प्रश्न उठाउन नेपाली सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पुर्व मन्त्री तथा सांसद पोखरेलले सञ्चार माध्यमले सहि सुचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिनुभयो । एक अर्को प्रसङ्गमा उहाँले सांसद विकास कोषको केहि रकम नेपाल पत्रकार महासंघ दोलखा मार्फत जिल्लाका चार वटै रेडियोलाई समान रुपमा वितरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

बार्षिक उत्सव उद्घाटन समारोहमा रेडियोले नवनिर्वाचित जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, उपप्रमुख मनमाया जिरेल सहित ९ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई सम्मान पत्रले सम्मान गरीएको थियो । त्यस्तै नियमित रेडियो सुन्दै आउनुभएका २० जना जेष्ठ नागरिकलाई  सम्मान स्वरुप एक–एक वटा रेडियो वितरण गरेको छ । त्यसैगरी रेडियोमा कार्यरत कर्मचारीहरुमध्ये समचार वाचिक लाक्पा शेर्पा र प्राविधिक शंकर तमाङलाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएकोे छ । त्यस्तै पुर्व स्टेशन  मेनेजरहरु सुन्दर खड्का, विष्णु सुवेदी लगायत पुर्व रेडियोकर्मीहरु मन्दिरा थापा, सिर्जन कुमार घिमिरे, जगदीश  शिवाकोटी, शान्ती खड्का, नेत्र मोक्तान, केदार शिवाकोटी, अजुर्न अपवाद, नीता राउत, कवि न्यौपाने लगायतलाई पनि कदर पत्रले सम्मान गरिएको छ ।

त्यस्तै रेडियोलाई नियमित सहयोग गर्नुहुने जिल्ला पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, बाल कल्यण समिति, राष्ट्रिय पुनःनिमार्ण समन्वय समिति, सामुदायिक रेडियो प्रशारक संघ, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल, कारितास नेपाल, न्याय हेल्थ नेपाल, शिविन, हुराडेक नेपाल, ईकाड्स दोलखा लगाएतका सरकारी तथा गैरसरकारी निकायहरुलाई कदर पत्रले सम्मान गरिएको छ ।

रेडियो संचालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, जिरी नगरपालीकाका प्रमुख टंंक जिरेल, विगु गाँउपालीकाका अध्यक्ष युधिष्ठिर खड्का, सामुदायिक रेडियो प्रशारक संघ अको¥याबका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख रमेश शिवाकोटी, पत्रकार महासंंघ दोलखाका अध्यक्ष जिवन लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।

दोलखा जिल्लाका क्रियाशील सामुदायिक संस्थाहरु, विकासप्रेमी तथा सर्वसाधारण जनताको पहल र सामुदायिक लगानीमा २०६५ साल असार २९ भानु जयन्तीका दिनबाट परिक्षण प्रशारण शुरु गरेको रेडियो शैलुङ्गले अहिले नियमित रुपमा सुनुवार, शेर्पा, जिरेल भाषाकासहित  दैनिक १२ वटा समाचार बुलेटीन प्रशारण गर्दै आएको छ । रेडियोले बालबालिका देखि ज्येष्ठ नागरिकलाई समेत समेट्दै कार्यक्रम उत्पादनका साथै प्रशारण गर्दै आएको छ । २०६५ साल भाद्र ३१ गते तत्कालिन संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले रेडियो शैलुङ्गको औपचारिक उद्घाटन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई