2026-09-18 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बुद्धिमानको बुद्धि फेरिएपछि…

photo 2प्रभात सुवेदी । कात्तिक १८, बर्दिया । सामाजिक कानुनी सहायता केन्द्र बर्दियाको आयोजनामा निःशुल्क कानुनी सहायता सम्बन्धी जनचेतनामूलक सडक नाटक ‘बुद्धिमानको बुद्धि फेरिएपछि’ मंगलबार सदुरमुकाम गुलरिया स्थित राधाकृष्णचोकमा प्रदर्शन गरिएको छ ।

समाजमा हुने गरेका हिंसाबाट पीडित व्यक्तिहरुका लागि कानुनी परामर्श तथा सेवालाई राज्यले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि धरै व्यक्तिहरुलाई यसका बारेमा जानकारी नभएका कारण समस्या लुकाइ बस्ने गरेको पाइएकोले पनि यसले आम जनमानसमा सन्देश पु¥याउन यो नाटक प्रदर्शन गरिएको हो ।

हाल नेपालको राजधानीमा केन्द्रिय कानुनी सहायता समिति र ७५ जिल्लामा जिल्ला कानुनी सहायता समितिहरु रहेका छन् । जस अन्तर्गत सामुदायिक कानुनी सहायता केन्द्रहरु स्थापना गरिएका छन् । बर्दिया, सुर्खेत, देलेख, कैलाली, डडेल्धुरा लगायत १० ओटा जिल्लामा यस प्रकारको सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । आउँदो पौष महिनादेखि यो कार्यक्रम थप ५ जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।

Photo 1 (2)घरेलु हिंसा, बलात्कार, चेलिबेटी बेचविखन, जबरजस्ती करणी, कुनै पनि प्रकारका सामाजिक विभेद लगायतका मुद्धाहरुमा निःशुल्क रुपमा कानुनी सेवा उपलब्ध गराइने र यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले उपलब्ध गराउने साथै यसमा पीडित व्यक्तिहरुलाई सहयोग गर्ने सहयोगी व्यक्तिलाई समेत यातायात तथा खानेबस्ने सुविधा उपलब्ध गराइने नाटको सन्देश रहेको थियो । घरेलु हिंसामा परी घाइते भएकाहरुको लागि समेत उपचारका लागि समेत रकम उपलब्ध गराउने व्यवस्थाका बारेमा नाटकमा बताइएको थियो ।

कृष्ण शाह यात्रीको कथा लेखन, प्रभात सुवेदीको निर्देशन रहेको यो नाटकमा शारदा खड्का, अच्युत सुवेदी, अमृता भण्डारी, रामप्रसाद लामिछाने, सुदन लम्साल लगायतका कलाकारहरुको भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया