2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लुम्बिनि विकास कोषलाई रामग्राम स्तुपमा प्रवेश निशेध

मो.ईजहार शेष । असोज १, नवलपरासी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुप उजैनीको विकासका लागि रामग्राम विकास कोषको माग गर्दै रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । 

संस्थाका अध्यक्ष सम्भु उपाध्यायले आज परासीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु बारे जानकारी गराउनु भएको छ । लुम्बिनि विकास कोषको अधिनमा रहेकाले रामग्राम स्तुप उजैनीको सर्वाङ्गृण विकासमा कोषले चाँसो नदिएका कारण छुट्टै रामग्राम विकास कोषको स्थापना गर्न आवश्यक रहेको अध्यक्ष उपाध्यायले बताउनु भयो । सरकारले लुम्बिनि विकास कोष मार्फत यस स्तुपको विकासका लागि आवश्यक बजेट विनियोजन गरेपनि कोषले स्तुपको विकासमा चाँसो नदिएका कारण स्तुपको संरक्षण, संम्बद्र्धन सहित प्रचार प्रसार गर्न समस्या भएको छ । बौद्ध धर्मको ईतिहास अनुसार यो स्तुप आजदेखी पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो । शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भएको बचेको अस्थि (अवशेष) ल्याएर  अस्तु कलशमा राखेर यो स्तुपलाई संरक्षण गरिएको धार्मिक शास्त्रमा उल्लेख रहेको जानकारहरु बताउँछन् ।

बौद्ध स्तुप अन्य स्थानमा समेत रहेपनि  रामग्राम स्तुप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुप मध्ये सिगोँ अस्तु भाग रहेको स्तुप हो भने बाकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई उत्खनन् गराई विभिन्न देशका राज्यहरुमा पुर्याउन लगाएका थिए । तर रामग्राम स्तुपको उत्खनन उनले स्तुपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराई दिदा सिगोँ भाग बचेको हो । त्यही भएर रामग्राम स्तुप संसारको एक मात्र सिगोँ भाग अस्तु रहेको संरक्षित स्तुप रहेको दावी गरिन्छ ।

सरकारले स्तुपको विकासका लागि पनि कराडौंको रकम बिनियोजन गरि कोषलाई जिम्मा लगाउदै आएको छ । तर स्तुपको बिकास गर्न जिम्मा पाएको लुम्बिनि विकास कोषले यस स्तुपको बिकास गर्न नखोज्दा स्तुपको विकास हुन नसकेको हो । यस्तै गत आर्थिक वर्षमा राजनितिक खिचातानीका कारणपनि स्तुपको बिकासका लागि आएको ७८ लाख रकम फ्रिज भएका रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्ययले बताउनु भयो । यस्तै रामग्राम–१८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानी समेत रहेको पुरात्तव विदहरुबाट प्रमाणित भईसेको हुँदा औपचारिक घोषणा गराउन र संरक्षण तथा पर्बद्धनको मांग गरिएको छ ।  यी दुबै ऐतिहासिक तथा धार्मिक स्थललाई सम्बन्धित निकायले विकासमा चाँसो नदिदा यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय क्षेत्रमा परिणत गर्न सकिएको छैन । साथै स्तुप लुम्बिनि विकास कोषको अधिनमा रहेकाले यँहा कुनैपनि किसिमको भौतिक संरचनाहरु विकास गर्न सकिएको छैन ।

रामग्राम विकास कोषको मांग गर्दै आन्दोलनपनि घोषणा

 बर्सौंदेखि स्तुपको विकासका लागि छुट्टै कोषको मांग गर्दै आएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले आन्दोनलको कार्यक्रम अन्तर्गत आईतवार चरणबद्ध आन्दोलनहरु बारे जानकारी गराउदै सहयोगका लागि जिल्लास्थित राजनीतिक दल, गैर सरकारी संघ संस्था, उद्योगि ब्यसायी सबैसँग आग्रह गरको छ । 

आन्दोलनका कार्यक्रम अन्तर्गत असोज ९ गते परासीमा सर्वपक्षिय भेला, १८ गते हस्ताक्षर अभियान, २४ गते ¥याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईने र असोज ३१ गतेबाट लुम्बिनि विकास कोषका पदाधिकारी एंव कर्मचारीलाई स्तुप क्षेत्रमा आउन निशेष गरिने छ । 

यस्तै कार्तिक ७ गते परासीको बाईपासमा सांकेतिक विरोध कार्यक्रम अन्तर्गत ५ मिनेट चक्काजाम, १४ गते प्रधानमन्त्री एंव विभागीय मन्त्रीलाई डेलिगेसन एंव ज्ञापन पत्र र कार्तिक २३ गतेबाट रामग्राम स्तुपमा अध्यक्ष उपाध्यायले आमरण अनशन बस्नु हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा