पढ्न करिब 1 मिनेट लाग्छ

पुष्कर भट्ट | अशोज १, कञ्चनपुर | ससस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीको टोलीले बिशेस सुराकीको आधारमा ५लाख ५८ हजार ५० रुपैया बराबरको कपडा तथा अन्य समान बरामद गरेको छ ।

शनिबार ३ बजेर ३० मिनेटमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९५०२ न. बसबाट भन्सार राजस्व छलेर लग्दै गरेको ५लाख ५८ हजार ५० रुपैया बराबर उक्त सामान बरामद गरेको हो ।

जसमा लेडिज सुट १२ सय ६६ थान, साडी २ थान, काष्टिक पाउडर ९६५ किलोग्राम, १ सय ९ किलो पितल तार, खादा कपडा २५ मिटर, सुटिङ कपडा ९८ मिटर रहेका थिए । कञ्चनपुरको बेदकोट नगरपालीका अन्तर्गत सुडामा बिषेश सुराकीको आधारमा अबैध रुपमा लग्दै गरिएको समान बरामद गरिएको र बरामद गरिएको समान कञ्चनपुर भंसार कार्यालय लाई बुझाइएको र उक्त कार्यमा संलग्न गोबिन्द राज जोशीलाई पनि नियन्त्रण लिई कारबाही अगाडी बढाईको ससस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्म गड्डाचौकीका डिएसपी प्रेम प्रशाद पाण्डेले बताए ।