४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा पहिलोपटक अख्वारी

२९ कार्तिक २०७२, आईतवार ०९:३३

Akkhwari

प्रभात सुवेदी । कात्तिक २९, बर्दिया । थारु भाषामा पछिल्लो समयमा साहित्यिक चिन्तनले स्थान लिँदै गएपनि नियमित रुपमा पत्रिका प्रकाशनको बर्दियामा नयाँ ईतिहास कायम गर्दे पहिलोपटक ‘अख्वारी’ को प्रकाशन गरी आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ ।

पत्रिकाको लोकार्पण गर्नुहुँदै थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषामा पत्रिका प्रकाशनको अभाव भैरहेको अवस्थामा अख्वारीको आगमनले अझ उत्साह बढाएको र यसको निरन्तताका लागि योजना बनाएर लाग्नका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा थारु साहित्य र यसको विविध आयामहरुका बारेमा छलफल समेत गरिएको थियो । छलफलबाट थारु समुदाय आफैले नै अध्ययन, चिन्तन लेखन प्रकाशन योजना बनाउने र मौलिक संस्कृतिहरुको जगेर्नाका लागि स्वप्रयास गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।

लोकार्पण कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारालाल श्रेष्ठ लगायतले थारु जातिको बाहुल्य रहेको बर्दियामा जिल्लामा थारु भाषामा पत्रिका प्रकाशन हुनुले थारु जातिको भाषा, संस्कृतिको संरक्षण र बिकासमा टेवा पुग्ने अपेक्षा गर्नुभएको थियो । कार्यक्रम गुलरिया नगरपालिका वडा नं. –६ सुहेलुवा गाउँमा अवस्थित थारु संग्राहलयमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो