2026-08-29 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिंगको एक स्वास्थ्यचौकीमा सिटामोलको आभाव

असोज २,धादिङ। महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ । 

खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी काखमा बोकेर जिल्ला समन्वय समितिका संयोजकलाई आफ्नो दुःख सुनाउन आउनुभएकी शुक्रिमाया स्वास्थ्यचौकी जान दिनभरि हिँड्नु पर्छ तर औषधि किनेर बच्चालाई खुवाउनुपर्ने भएकाले स्वास्थ्यचौकी नगएको बताउनुभयो । घरमा खानेकुरा नभएर सिस्नुको खोले खाएर आफू गाउँको समस्या सुनाउन सरकारको मान्छे आएको भन्ने थाहा पाएर बच्चा बोकेर भेला हुनुभएको थियो । 

सरकारले स्वास्थ्यचौकीमै गर्भवती जाँच गराउने र स्वास्थ्यचौकीमै सुत्केरी गराउने बृहत् अभियान सञ्चालन गरेको भए पनि यो चेपाङ गाउँमा यसको कुनै असर परेको छैन । सूर्यमाया चेपाङले जन्माएको तीन बच्चा पनि घरमै हो । स्वास्थ्यचौकी जान नै अप्ठ्यारो भिरको बाटो भएकाले कोही पनि जान नसकेको गाउँकी अगुवाका रुपमा रहनुभएकी सूर्यमायाले बताउनुभयो । 

जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल जिल्लाको सबै अवसर र सुविधाबाट बञ्चित भएको ब्रुसवाङको समस्या समाधानका लागि आफै हिँडेर गाउँ पुग्नुभएको थियो । चितवन र धादिङको सिमानामा रहेको ब्रुसवाङ महाभारतको सबैभन्दा उच्च ठाउँमा रहेकाले यहाँ जीवन कष्टकर छ । (रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो