2026-06-28 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गुलेलीले छाक जोहो गर्दै कृष्णगोपाल

krishana gopal 1 प्रभात सुवदी/मङ्सिर २५, बर्दिया । अनुहार भरी सेता काला दाह्री र जुङ्गा, जीवनले कूल आयुको आधाआधी काटीसेकेको अवस्था, अघिपछिको ज्याला मजुरीको कामलाई माया मारेर चिसो मौसममा एकाबिहानै हातमा गुलेली र मट्याङ्ग्रा लिएर ऊनी विहानै घरबाट निस्कन्छन् ।

अनि युद्धमैदानमा गुलेलीको सहयोगबाट सकेसम्मको बल र निशाना लगाएर उनी प्रहार गर्दछन् शत्रुहरुलाई तर बडो सावधानीका साथमा । आफू सुरक्षित भएर दिनभरी हातमा गुलेली चलाएर थकित भएपछि आराम र मनोरञ्जनका लागि रेडियो पनि सुन्छन् उनी ।

गुलरिया नगरपालिका वडा नं. ३ खैरापुर हुँदै सानोश्री ताराताल नगरपालिका जाने बाटोमा पुराना सिमलका रुखहरुमध्ये अहिले जम्मा तीनओटा रुखहरु मात्र रहेका छन् ।

ती रुखहरुमा मौरी बस्न थालेको झण्डै आधा शताब्दी हुन आँटेको छ । उनले जान्दा वि.सं. २०३० सालदेखि नै मौरी बस्न थालेको बताउँछन् स्थानीय ५२ वर्षीय कृष्णगोपाल ठठेर ।

एउटा रूखमा मात्रै ३०/४० घार मौरी बस्ने गरेकोमा यसपाली भने बर्खाको समयमा राम्रो पानी नपरेका कारण र मौसम पनि मौरीको लागि त्यति अनुकूल नभएको र मौरीको लागि प्रसस्त चरन नएकाले गर्दा त्यहाँ भएका तीनओटा रूखहरुमध्ये एउटामा मात्रै अहिले जम्मा २१/२२ घार मात्रै बसेको उहाँ बताउनुहुन्छ । जबकी विगतका वर्षहरुमा एउटा रुखमा मात्रै ३५/४० को हाराहारीमा बस्ने गरेको ठठेरको भनाई छ ।
आफ्नै घरको आँगन नजिककैको रूख भएपनि नगरपालिकाबाट ६ महिनाका लगि रु. ३ हजार ८ सयमा ठेक्का लिनुभएको छ उहाँले । तर, यसरी ठेक्का लिएबापत यस सम्बन्धी कुनै प्राविधिक सेवा सुविधा नपाएको उहाँको गुनासो रहेको छ ।

ठूलो रूख भएका कारण मौरी काड्न पनि गाह्रो अनि बाटो नजिक भएको कारणले गर्दा कहिलेकाहीँ चराचुरुङ्गीहरुले मौरीलाई जिस्क्याउँदा पनि मौरी भाग्ने र वरपर मानिसहरुलाई आक्रमण गर्ने भएकोले यो ठूलो समस्या बनेको उहाँ बताउनुहुन्छ । मौरी जिस्किएको अवस्थामा बाटो नै बन्द हुने गरेको उहाँ बताउनुहुन्छ ।

krisha gopal

मौरी काड्न जान्ने दक्ष मान्छे र प्राविधिक उपकरणहरु नहुँदा पुरा मह निकाल्न नसकिएकोले सिजनमा जम्मा जम्मी ४०÷५० किलो मात्र मह निकाल्ने गरेको कृष्णगोपाल ठठेर बताउनुहुन्छ । गत वर्षसम्म तीनसय रुपैया प्रति किलो बेचेको तर यसपाली देखि भने चार सय रुपैया प्रातिकिलो बेच्ने विक्री गर्ने गरी दर तय गरेको उहाँ बताउनुहुन्छ ।

उचित लगानी र प्रोत्साहन दिन सकिएमा यस क्षेत्रमा रहेका सिमलका रूखहरुमा बस्ने मौरीहरुबाट औषधीय गुण भएको गुणस्तरीय मह प्रसस्त उत्पादन गरी यसबाट मनग्गे आम्दानी लिन सकिने कुरामा कुनै शन्देह छैन । समयमा नै जिल्ला कृषि विकास कार्यालय तथा सम्बद्ध निकायहरुको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी