Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा छुट भएका भूकम्पपीडितको लगत संकलन जारी

२०७४, ३ आश्विन मंगलवार ०१:५८

असोज ३, नुवाकोट । भूकम्पका कारण आवास गुमाएका तर लाभग्राही सूचीमा समावेश नभएका भूकम्पपीडितको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न अहिले लगत संकलक टोली व्यस्त रहेको छ । 

प्रभावित क्षेत्रको घरघरमा नै संकलन टोली परिचालन भइरहेकाले छुट भएका भूकम्पपीडितलाई नाम दर्ता गराउन पुनःनिर्माण प्राधिकरण नुवाकोट कार्यालयले आग्रह गरेको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले लाभग्राही सूचीमा समावेश नभएका छुट पीडितलाई आफ्नो घरको लगत संकलन गराउन लगत संकलन टोलीसँग सम्पर्क राख्न निमित्त बेदप्रसाद गौडेलले आग्रह गर्नुभयो । 

पुनःसर्वेक्षण र पुनःजाँचका लागि वडाध्यक्ष संयोजक रहेको वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वमा अन्तिम पटकका लागि घरघरमा नै पुगेर लगत संकलन भइरहेकाले घरबाहिर भएकालाई आफ्नो क्षति पुगेको घरको प्राविधिक टोलीमार्फत जाँच गराउन छुट पीडितलाई आह्वान गरेको छ । 

भूकम्पले आवास क्षति भएको र नयाँ घर बनाउन रु तीन लाख अनुदान पाउने लाभग्राही सूचीमा नाम नभएकाको गुनासो सम्बोधनका लागि पुनःजाँच र पुनःसर्वेक्षणका लागि पुनःनिर्माण प्राधिकरणको केन्द्रबाट यहाँका बाह्रवटा स्थानीयतहमा १६ जना इञ्जिनियर परिचालन भएका छन् । इञ्जिनियरलाई सामाजिक परिचालकले सहयोग पु¥याउँदै आएका छन् । 

संकलन टोलीले भूकम्पका कारण आवास गुमाएका तर आवास निर्माणका लागि लाभग्राही सूचीमा नाम नभएको भनी छुट गुनासो दर्ता गराएका देखि गुनासो नै नगरेका छुट पीडितको लगत संकलन दशैँपर्व अघि नै पूरा गर्ने लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश