पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ३, स्याङ्जा।</b> वालिङ–४ एलादीमा करेन्ट लागेर एलादीका ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ । <br></p><p>गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । शव परीक्षणपछि परिवारलाई बुझाइएको छ । रासस</p>

