पर्वत । संघीय गणतन्त्र नेपालको अबधारणा अनुसार संविधान जारी भएको दुइ बर्ष पुरा भएको छ । आज देशभर संविधानदिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको रंगाशालामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रंधानमन्त्री शेरबहादुर द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । संघीय गणतन्त्र नेपालको अबधारणा अनुसार संविधान जारी भएको दुइ बर्ष पुरा भएको छ । आज देशभर संविधानदिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको रंगाशालामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रंधानमन्त्री शेरबहादुर द"/>
2026-09-19 01:45 PM
पर्बत - PBT

जिसस पर्वतका संयोजक महोनरको नियतको फल– तीनलाख जनसंख्या भएको जिल्लामा ६२ जनाले मात्र संविधान दिवस मन

पर्वत । संघीय गणतन्त्र नेपालको अबधारणा अनुसार संविधान जारी भएको दुइ बर्ष पुरा भएको छ । आज देशभर संविधानदिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । काठमाडौंको रंगाशालामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रंधानमन्त्री शेरबहादुर देवा, मन्त्री तथा अन्य राजनीतिक दलहरुले शान्तिका प्रतिक उडाएर संविधान दिवस मनाए । आज सरकारले सार्वजानिक विदा समेत दिएको थियो । 

संविधान दिवस मनाउने सन्दर्भमा झण्डै तीन लाख  जनसंख्या भएको पर्वतमा ६२ जनालेमात्रै संविधान दिवस मनाएका छन् । जिल्ला समन्वय समिति पर्वतले सरोकारवाला निकाय, राजनीतिक दल तथा जिल्लामा रहेका विभिन्न संघसंस्थासँग समन्वय नगरी संविधान दिवस मनाउने अठोट लिएपछि यस्तो भएको हो ।

जिल्ला समन्वय समितिका संयोजक महोनर वि पौडेलले जिल्ला समन्वय समितिमा राजनीतिकरण गरेर एमालेकरण गरेपछि यसपालिको संविधान दिवस पर्वतमा खल्लो भएको हो । उनले एमालेमैत्री रुपमा जिल्ला समन्वय समिति चलाउने प्रयासको थलानी गरेको समेत यहि कुराले पुष्टि गरेको छ । ६२ जना सहभागी भएको संविधान दिवस मनाउने कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तित्वनै सहभागी भएनन् । 

कार्यक्रममा जिल्लाका तीन सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल, कल्पना चापागाई,  जिल्ला न्यायाधिस महोनराज भट्टराई, जिल्ला समन्वय समिति पर्वतकै उपप्रमुख, कुश्मा नगरपालिकाका मेयर, उपमेयर कोहि पनि सहभागी भएनन् । जसले जिसस संयोजकको नियतको पर्दाफाँस गरेको छ ।

 एकलैटी रुपमा जिल्ला समन्वय चलाउन खोज्ने र आफ्ना कार्यकर्ता भत्र्ती गर्ने मनासय बोकेको हुनसक्ने भन्दै उनीमाथि आलोचकहरु थपिन थालेका छन् । संयोजकको निर्वाचित भएको छोटो समयमानै उनले गरेको क्रियाकलापले पनि त्यस्तै देखाएको छ । 

अन्य संघसंस्था तथा सरोकारवाला निकाय, गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतका विभिन्न सरकारी तथा गैरसरकारी निकायमाथि उपेक्षा गर्नुले यसपालीको संविधान दिवस कसैको चाँसोका रुपमा लिन सकेनन् । औपचारिकता पुरा गरेरमात्रै संविधान दिवसलाई मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो