८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दिपेन्द्रनगर टोलले पायो नगद रू. ११ हजार

२१ माघ २०७२, बिहीबार ०३:०४

प्रभात सुवेदी/ माघ २१, बर्दिया ।गुलरिया नगरपालिका वडा नं. ८ दिपेन्द्रनगर टोलले जिल्ला विकास समितिबाट रू. ११ हजार प्राप्त गर्ने भएको छ । मंगलबार जिल्लामा नै पहिलो पूर्ण सरसफाईयुक्त समुदाय घोषणा भएकोमा जिल्ला विकास समिति बर्दियले पुरस्कार स्वरुप यो रकम दिने घोषणा गरिएको हो ।
untitled
५९ घरधुरी रहेको यो समुदायमा प्रत्येक घरधुरीहरुले आफ्नै लगानीमा पूर्ण सरसफाईका सुचकहरु भाडा माझ्ने जुठेल्नो, भाडा सुकाउने चाँग, भाडा राख्ने ¥याक, फोहर फाल्ने खाडल, धुवाँ रहित चुलो, सुरक्षित पानी र शौचालयमा पर्याप्त पानी, सरसफाइका सामग्रीहरु, अलग चप्पलको व्यवस्था गरेर सफाइका लागि दैनिक व्यवहारमा समेत परिवर्तन गरेका कारण पूर्ण सरसफाई टोल घोषणा गरिएको हो ।

टोल विकास संस्थाको अध्यक्ष शोभा थापाको अध्यक्षता तथा स्थानिय बिकास अधिकारी तेजराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न घोषणा सभामा गुलरिया नगरपालिका कार्यकारी अधिकृत एवं गुलरिया नगरपालिका स्तरीय खानेपानी ,सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक धर्मराज न्यौपानेको उपस्थिति रहेको थियो ।

नगरपालिकाका १४ बटै वडा प्रतिनिधी, राजनितिक दल र बिभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा बिभिन्न सांस्कृतिक कार्यक्रम र पूर्ण सरसफाइका नारा सहित टोल परिक्रमा गरि घोषणा सभा गरिएका हो ।

पूर्ण सरसफाइको अभियानलाई सफल पार्न गुलरिया नगरपालिकाको सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा सन्चालित सफा र स्वस्थ परियोजनाको मुख्य भुमिका रहेको थियो ।

कार्यक्रममा अभियान सफल पार्न सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो साथै सरसफाइमा उत्कृष्ट ८ वटा घरमुलीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता