2026-09-18 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दिपेन्द्रनगर टोलले पायो नगद रू. ११ हजार

प्रभात सुवेदी/ माघ २१, बर्दिया ।गुलरिया नगरपालिका वडा नं. ८ दिपेन्द्रनगर टोलले जिल्ला विकास समितिबाट रू. ११ हजार प्राप्त गर्ने भएको छ । मंगलबार जिल्लामा नै पहिलो पूर्ण सरसफाईयुक्त समुदाय घोषणा भएकोमा जिल्ला विकास समिति बर्दियले पुरस्कार स्वरुप यो रकम दिने घोषणा गरिएको हो ।
untitled
५९ घरधुरी रहेको यो समुदायमा प्रत्येक घरधुरीहरुले आफ्नै लगानीमा पूर्ण सरसफाईका सुचकहरु भाडा माझ्ने जुठेल्नो, भाडा सुकाउने चाँग, भाडा राख्ने ¥याक, फोहर फाल्ने खाडल, धुवाँ रहित चुलो, सुरक्षित पानी र शौचालयमा पर्याप्त पानी, सरसफाइका सामग्रीहरु, अलग चप्पलको व्यवस्था गरेर सफाइका लागि दैनिक व्यवहारमा समेत परिवर्तन गरेका कारण पूर्ण सरसफाई टोल घोषणा गरिएको हो ।

टोल विकास संस्थाको अध्यक्ष शोभा थापाको अध्यक्षता तथा स्थानिय बिकास अधिकारी तेजराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न घोषणा सभामा गुलरिया नगरपालिका कार्यकारी अधिकृत एवं गुलरिया नगरपालिका स्तरीय खानेपानी ,सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक धर्मराज न्यौपानेको उपस्थिति रहेको थियो ।

नगरपालिकाका १४ बटै वडा प्रतिनिधी, राजनितिक दल र बिभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा बिभिन्न सांस्कृतिक कार्यक्रम र पूर्ण सरसफाइका नारा सहित टोल परिक्रमा गरि घोषणा सभा गरिएका हो ।

पूर्ण सरसफाइको अभियानलाई सफल पार्न गुलरिया नगरपालिकाको सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा सन्चालित सफा र स्वस्थ परियोजनाको मुख्य भुमिका रहेको थियो ।

कार्यक्रममा अभियान सफल पार्न सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो साथै सरसफाइमा उत्कृष्ट ८ वटा घरमुलीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया