Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापका LDO भन्छन्- ‘यस्तो अपमान सहने म अन्तिम राष्ट्रसेवक हुन् पाउँ’

२०७४, ४ आश्विन बुधबार ०३:२०

प्रज्वल पौडेल/असोज ४, रामेछाप । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आफुलाई दुर्व्यबहार गर्ने व्यक्तिको पहिचान गरि कारवाहि गर्न माग गरेका छन् । 


मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस मार्फत उनले आफुलाई दुर्व्यबहार गरेको घटनाको घोर निन्दा र घोर भर्सना गरेका छन् । सोमबार दिउँसो कार्यकक्षमै पुगेर विप्लप समुहका कार्यकर्ताले कालो मोविल खन्याएर भाग्नुलाई कर्मचारीतन्त्रलाई अपमानित गर्ने, मनोवल गिराउने काम भएको बताउदै पन्तले भने – "यो व्यक्तिगत आक्रमण नभई सरकार र राज्य विरुद्द गरिएको संगठीत हमला हो ।"

स्थानीय विकास अधिकारी पन्तले भनेका छन् -"घटना घटेपछि र कसैले विज्ञप्ति मार्फत जिम्मा लिंदा पनि दोषीको खोजी गर्न नसक्ने, दण्ड दिन नसक्ने कानून कार्यान्वयन निकाय र न्याय प्रणालीबाट मैले कुनै ठूलो अपेक्षा पालेको छैन । मेरो एउटै अपेक्षा छ : यस्तो अपमान सहने म अन्तिम राष्ट्रसेवक हुन् पाउँ।"

हेर्नुस स्थानीय विकास अधिकारी दिनेशराज पन्तको विज्ञप्ति ।

हिजो (सोमबार) रामेछाप जिल्लामा स्थानीय बिकास अधिकारीको रुपमा कार्यकक्षमा कार्यरत रहँदा, एकजना अपरिचित व्यक्ति आई एउटा काम छ, एउटा माईन्युटमा सहि गर्नु छ भनी कागज दिई मैले उक्त माईन्युट पल्टाई त्यसतर्फ ध्यान केन्द्रीत गरेको समयमा मलाई दुर्व्यबहार गरेको घटनाको घोर निन्दा र घोर भर्सना गर्दछु ।

यो घटनालाई मैले समग्र कर्मचारीतन्त्रको मनोवल गिराउने षड्यन्त्रको रुपमा लिएको छु । राष्ट्रले दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा, आफ्नो काममा ब्यस्त एउटा नागरिक प्रशासकलाई यस प्रकारको घटना घटाईनु कायरतापूर्ण घटना हो भन्ने मेरो बुझाई छ । 

अझ राजनीतिक आवरणमा गरियको यस कार्यले मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई अपमानित गर्ने र मनोवल गिराउने उद्देश्य लिएको देखिँदा यो म प्रतिको व्यक्तिगत आक्रमण नभई सरकार र राज्य विरुद्द गरिएको संगठीत हमला हो ।

म राज्यलाई प्रश्न गर्न चाहन्छु: के राज्यले हामीलाई दिएका कार्यकक्ष, कार्यालय विन्यास, सेवाग्राहीलाई विनारोकतोक सबै कक्षहरुमा प्रवेश दिनुपर्ने कार्य संस्कृति र वातावरण त यसको लागि जिम्मेवार छैनन्? कार्यालयको शुरक्षा व्यवस्थामा हामीले पुनःविचार गर्नु पर्ने हो वा होईन? घटना घटेपछि र कसैले विज्ञप्ति मार्फत जिम्मा लिंदा पनि दोषीको खोजी गर्न नसक्ने, दण्ड दिन नसक्ने कानून कार्यान्वयन निकाय र न्याय प्रणालीबाट मैले कुनै ठूलो अपेक्षा पालेको छैन । मेरो एउटै अपेक्षा छ: यस्तो अपमान सहने म अन्तिम राष्ट्रसेवक हुन् पाउ । 

ठूलो सार्वजनिक सम्पत्तिको जिम्मेवारी सुम्पने सरकारले एउटा अपरिपक्क र गैर जिम्मेवार व्यक्तिले कुनै पनि वेला अपमानित गर्न सक्ने गरी कार्य वातावरण दिने र सार्वजनिक अधिकारीहरु संधै त्रासमा रहनु पर्ने अवस्था कायम रहेसम्म मेरो अपेक्षा पुरा हुँदैन । 

यसमा समिक्षा र आवश्यक सुधार होस् । त्यसैले घटनाको विरोध र भर्त्सना गरि मेरो पीडामा साथमा रहेको औपचारिकता निर्वाह गर्ने भन्दा पनि सरकारी अधिकारीलाई सुरक्षा दिई निर्भिकतापूर्वक काम गर्ने वातावरण निर्माणमा सक्दो पहल गरिदिनुहुन सादर अनुरोध छ । भनाई नै छ नि: हजार माईलको यात्रा एक कदमबाट शुरु हुन्छ; मैले कदम चालें, अव तपाईंको पालो !!!

अन्तमा, सो घटनाको बिरोध तथा भर्त्सना गर्नु हुने राजनीतिक दल, जिल्ला समन्वय समिति तथा गाऊपालिका पदाधिकारीहरु, पत्रकार, नागरिक समाज, कर्मचारी ट्रेड युनियनहरु र कर्मचारी साथिहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

यता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्वेवारी लिएको थियो । स्थानीय विकास अधिकारी पन्तले राजनैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको आरोप लगाउदै त्यसको कारवाही स्वरुप मोविल खन्याईएको विज्ञप्ती मार्फत जनाएकाे थियोे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ