Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरको चौधर नदी नियन्त्रण समितिद्धारा स्थानीय सरकारलाई ज्ञापनपत्र

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खगेन्द्र धामी। असोज ४, कञ्चनपुर। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको चौधर खोला नियन्त्रण संर्घष समितिले बुधवार खोला नियन्त्रणका लागि बिभिन्न माग राख्दै स्थानीय सरकार लाई ज्ञापनपत्र बुझाएको संर्घष समितिका संयोजक जनक धामीले जानकारी गराउनु भयो ।

साविक रौतेली विचवाको लालपुर, विचवा, अन्डैया, इमलिया , झिलमीला, बैवाह हुदै भारत तर्फ जाने नदीले दक्षिणी क्षेत्रका नागरिकको निद हराम गरेको छ । बर्षा यामका बेला कति बेला नदी गाउँमा पस्छ भनेर रात भर स्थानीय नागरिक जागाराम बस्ने गरेको संर्घष समितिका संयोजक धामीको भनाई रहेको छ । चौधर खोलालाई गुरुयोजनामा या जनताको तटबन्दमा पारेर खोला नियन्त्रण गर्नु पर्ने माग ज्ञापन पत्रमा अघि सारिएको छ ।

स्थानीय नागरिकहरुले खोला नियन्त्रणका लागि बारम्वार गुहार माग्दा समेत कसैपनि निकायले ध्यान नदिएको नागरिकहरुको गुनासो रहेको छ ।

बेल्डाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाले आफुहरुको तर्फ बाट खोला नियन्त्रणका लागि पहल भएको बताए । उनले पहिलो गाउँसभामा पनि चौधर खोला नियन्त्रणको लागि पहल भएको बताए । आफुहरुले पनि खोला नियन्त्रण्को लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।