संयुक्त विद्यार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संयुक्त विद्यार्"/>

2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुने भन्दै विद्यार्थी सडकमा

असोज ४, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुनेमा विशेष जोड दिदै बिधार्थी सडकमा उत्रियका छन् ।

संयुक्त विद्यार्थी संगठनहरुले बुधबार भक्तपुरको सल्लाघारी चोकको सडकमा नेपाल इन्जिनियरिङ कलेजको भविष्य विषयक सडक बहस गरेका छन् । 

बहसमा चाँगुनारायण नगरपालिकाका  नवनिर्वाचित प्रमुख सोम मिश्र, एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय महासचिव ऐन महर, माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव उत्तम अधिकारीलगायतले इन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुनेमा विशेष जोड दिए । । 

सामाजिक संस्था ऐन अन्तर्गत नाफा नलिने हिसावले गैरनाफामुलक रुपमा सञ्चालित कलेजलाई पछिल्लो पटक सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपानेले निजीकरण गरी प्राइभेट लिमिटेड बनाएका थिए । यही कारण विद्यार्थी आन्दोलित छन् । यही कारण कलेज बन्द छ । पढाई अवरुद्ध हुँदै आएको छ ।

कलेजलाई निजीकरण नगरी गैरनाफामुलक रुपमै सञ्चालन गर्न कार्यकारी अध्यक्ष लम्वोदरले सहमति जनाएका थिए । तर सहमतिको एक हप्ता वितिसक्दासमेत सहमति अनुसार काम नगरेको भन्दै पछिल्लो सयम विद्यार्थी सडकमा पुगेका हुन् ।

कार्यकारी अध्यक्ष लम्वोदरले एक हप्ता अगाडि भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, भक्तपुर जिल्ला समन्वयन समितिका अध्यक्ष नवराज गेलाल, सञ्चालक समितिका सात जना नै पदाधिकारीको संयुक्त बैठकमा निजीकरण नगरी गैरनाफामुलक रुपमा सञ्चालन गर्न सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई