2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दुर्घटना न्युनिकरणका लागि सुरक्षीत यात्रा अभियान विशेष तालीम

असोज ४, नवलपरासी । बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्च बर्दघाटले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम मंगलबार बर्दघाटमा सम्पन्न  गरेको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा सुरु भएको तालीमलाई सुरक्षित यातायात नेपालका सचिव दिनेश पाण्डे प्रशिक्षण दिनुभएको थियो । तालिममा सस्थाका २८ जना सदस्यहरु सहभागी थिए र त्यस लगत्तै सोही सहभागीहरुले दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन गरेका छन ।

नगरका सवै वडाहरुलाई समेटनेगरी गठन गरीएको युथ एक्सन फर रोड सेफ्टीको संयोजकमा समृद्धी सामुदायिक विकास मञ्चका वडा संयोजक युवराज पोखरेल र सचिवमा समृद्धी सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक  भुपाल शर्मा रहनु भएको छ । त्यसैगरी युथ एक्सन फर रोड सेफ्टीका नवगठित सदस्यहरुमा रेडियो दाउन्नेका कार्यक्रम प्रमुख मनिष अधिकारी, रेडियो दाउन्न्ेकी प्राविधीक प्रमुख दिपा पाण्डे, गिरीराज भटराई, सबिना थापा, सुनिता पछाई, कल्पना चौधरी, ईन्द्र चौधरी र अनिष बर्मा लगाएत रहनुभएको छ । अबको समयमा सस्थाले नगर क्षेत्रमा हुन सक्ने सडक दुर्घटनाका कारणहरुको खोजि गरि त्यसको न्युनिकरणका लागि पहल गर्ने, बर्दघाट देखि देवदह क्षेत्र सम्मा दुर्घटना हुदा समयमा उद्धार कार्यमा समेत जुट्ने र सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडकको प्रयोगवारे प्रशिक्षण दिने सस्थाका अध्यक्ष मनिश अधिकारीले बताउनुभएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख प्रशिक्षक सुरक्षित यात्रा अभियानका सचिव दिनेश पाण्डेले आम सडक प्रयोगकर्ताले सडकको अनुशासन नबुझे सम्म दुर्घटना न्युनिकरण हुन नसक्ने बताउदै सडकमा अकालमा ज्यान जानेक्रमलाई रोक्न युवाहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बृतचित्र जोखिममा ज्यान प्रर्दशन गर्नुका साथै सडकमा सुरक्षित आवागमनको अधिकार र कर्तव्यवारे प्रशिक्षण दिईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा