Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 21, 2017 पर्बत - PBT, समाज

कुनपा वडा अध्यक्षको दाउ् टुक्रे योजनामार्फत चुनावी खर्च उठाउन नगरपरिषद अबरुद्ध

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत ।  कुश्मा नगरपालिकाको नगर परिषद फेरी अन्योलमा परेको छ । यहि असोज ४ गते परिषद गर्ने सहमती भएपछि वडाहरुबाट योजना छनोट भएर आएका थिए । तर, एमालेका वडा अध्यक्षहरुले टुक्रे योजनाहरु मार्फत चुनावको खर्च उठाउन खोजेपछि फेरी अन्योलमा परेको हो ।

वडा अध्यक्ष, कार्यापालिका सदस्यहरुले परिषदमार्फत ठूला र महत्वपूर्ण योजनाभन्दा पनि टुक्रे योजनालाई प्रथामिकता दिनुपर्ने माग राखेपछि नगरपरिषद पछी धकल्लिएको हो । बिकासको मोडालिटि परिर्वतन गरेर बिकासलाई दिगो रुप दिनका लागि नगर भित्रका सडक, खानेपानी र बिधुत जस्ता महोत्वपुर्ण बिकासमा नगर प्रमुख र उपप्रमुख केन्द्रीत भएकोमा बुझिएको छ ।

तर कार्यपालिका सदस्यहरु उक्त पक्षमा नरहेको बुझिएको छ ।  कार्यपालिका सदस्यहरुले  नगर प्रमुखले प्रस्ताव गरेका ठुला र बहुवर्षिय नतिजा दिने सडक योजना मा बजेट विनियोजन गर्न नमान्दा नगरपरिषद अन्योलमा परेको हो ।

नेपाली काँग्रेसले पनि करार समयअबधी सकिएका आफ्ना पक्षका कर्मचारीहरुलाई म्याद थप गर्नको लागि माग गर्दै आएको छ । तर कार्यापालिकाका सदस्यहरु यसमा भने सहमत देखिदैनन ।

पहिले सहमतिमा यो प्रस्ताब पनि स्वीकार गरेको हुनसक्ने जानकारहरु बताउँछन् । नगरप्रमुख रामचन्द्र जोशीले सेवा समयअवधी सकिएका कर्मचारीलाई पुर्नवहाली गर्ने दाउमा छन् । नगरपालिकामा ११ जना कर्मचारी करार अबधी सकिएपनि नगरप्रमुखको निर्देशनमा काम गर्दै आएरहेका छन् । उनीहरुले काँग्रेस निकट कर्मचारी संगठनका भएको बुझिएको छ ।