2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी बन पैद्धवार समितिद्धरा काठ वितरण सुरु

मो. ईजहार शेष। असोज ५, नवलपरासी। चालु आर्थिक वर्षका लागि जिल्ला बन कार्यालय नवलपरासी अन्तर्गत रहेको बन पैदवार आपुर्ति समितिले वितरण गर्ने काठका लागि निवेदन दर्ता गर्न सुरु गरेको छ । 

आर्थिक वर्ष २०७४÷०७५ का लागि आईतबारबाट कार्यालयले घरकाज, दैवी प्रकोप, विकास निर्माण, भुकम्प पीडीत र दाहसंस्कारका लागि काठ दाउरा वितरण गर्दै आएको छ । सो कार्यका लागि आईतबारदेखि निबेदन दर्ता गर्न सुरु गरिएको आपुर्ति समितिका सदस्य अलाउद्दिन शेषले जानकारी दिनुभयो । 

घरकाज तथा विकास निर्माणका लागि आईतबार निवदेन दर्ता गरिने छ भने अन्य कार्यका लागि बाकि दिन निबेदन दर्ता गरिने छ । आईतबार एक दिनमा ३७ जनाले निबेदन दर्ता गराएका छन् । गत वर्ष घरकाजका लागि ९ सय ४४ घरदुरीलाई, विकास निर्माणका लागि १९ संस्थालाई, दैवी प्रकोप र भुकम्प पीडित गरि २९ जना र दाह संस्कारका लागि देवघाट, पिठौली र कोल्हुवा गरि ३५ चट्टा दाउरा वितरण गरिएको थियो ।  गत वर्ष ३७ हजार ३ सय ३६ क्यु फिट काठ बितरण गर्दै ४ करोड २३ लाख राजश्व संक्लन गरिएको आपुर्ति समितिका प्रमुख अमजद अन्सारीले बताउनु भयो । जिल्ला बन कार्यालय नवलपरासीले घरकाज अन्तर्गत मर्मतका लागि प्रति घर २० क्यु फिट, कच्चीघरका लागि ३० क्यु फिट र पक्की घरका लागि ४० क्यु फिट काठ दिने गरेको जनाएको छ । निबेदनमा माग भए अनुसारको कामको स्थलगत अनुगमन गरी काठ वितरण हुदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा