३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साहित्यमा समृद्ध मुलुकका शब्दहरु बुन्नुपर्ने

९ फाल्गुन २०७२, आईतवार ०४:०३

फागुन ९, बर्दिया । अबको साहित्य लेखनमा माया र प्रेमका विषयबस्तुभन्दा पर रहेर समृद्ध मुलुक निर्माणका लगि लेखिनु पर्नेमा सहभागी स्रष्टा तथा विज्ञजनहरूको मत रहेको छ ।

कृष्णसार पाठक मञ्चको १९आंै श्रृङ्खलाको सन्दर्भमा सहभागी विज्ञ तथा स्रस्टाहरुले यस्तो कुरामा जोड दिएका हुन् । सदरमुकाम गुलरियाको मिरर होटलमा आयोजना गरिएकोे श्रृङ्खलामा सहभागी गोविन्दबहादुर मल्ल गोठालेकृत “पल्लो घरको झ्याल” औपन्यासिक कृतिका सन्दर्भमा पवित्रा जैसीले बिश्लेषणत्मक प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा बर्दियाका स्रष्टा खगेश्वर गौतमले आफ्नो कृति झमक पुष्पाञ्जली र यसका विविध सिर्जनात्मक आयामहरुका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि प्राज्ञका रुपमा रहनुभएका सुर्खेत क्याम्पसका प्राध्यापकद्वय छन्दकवि बलभद्र भारती तथा प्राध्यापक डा. दीपक गौतमले आ–आफ्ना अनुभवहरु राख्नुभएको थियो । लेखक, कवि तथा सहत्यिकारहरू पनि अब आफ्ना सृजनाका माध्यमबाट कृषि तथा अर्थिक क्रान्ती ल्याउनु पर्ने समयको माग रहेको अवगत गराउँदै अब लेखिने कविताहरू, साहित्यहरू सृजनात्मक हुनुपर्ने र हिमाल पहाड तराई समग्र भूगोललाई प्रतिनिधित्व हुने साहित्य लेखिनु पर्ने तथा राष्ट्रियतालाई जोड्ने खालका र समृद्ध नेपालका लागि लेखिनु पर्ने कुरा बताउनुु भएको थियो ।

साथै वहाँहरुले जसरी राज्यले कर्मचारी, शिक्षक, तथा राष्ट्र सेवक संघ संस्थामा कार्यरत कर्मचारीहरूलाई तलबको व्यवस्था गरेको छ त्यसै गरी कवि, साहित्यकार, कलाकार, तथा लेखकहरूलाई पनि राज्यले देश विकासमा महत्वपूर्ण अङ्का रूपमा स्थापित गराइनु पर्ने र आजिवन पेन्सन वा सो सरहकै सुविधाको व्यवस्था गरिनु पर्ने र सो का लागि लेखक कला साहित्यकर्मीहरू पनि जागरूक हुन आवश्यक रहेकोले यस पाठक मञ्च अबको आगामी दिनलाई सोही बमोजिमको योजना र मार्ग अपनाउने छ भन्दै यस मञ्चको उत्तरोत्तर प्रगतिको शुकामना दिनु भएको थियो ।

श्रृङ्खलामा निवृत्त शिक्षक एवम् कवि टीकाराम तिमिल्सिनाले छन्दका बारेमा सामान्य परिचय गराउँदै आफ्नो प्रस्तुती मार्फत मझौला झ्याउरे छन्दको बारेमा प्रस्तती राख्नु भएको थियो ।

कार्यक्रम मञ्चका सदस्य प्रभात सुवदीको अध्यक्षतामा सम्पन्न गरिएको हो । आगामी १९औं श्रृङखला फाल्गुन २३ गते शनिवार आयोजना गरिने जुन श्रृङ्खलामा छन्दमा कविता लेखन सम्बन्धी विष्ोश प्रायोगिक प्रशिक्षणको आयोजना गरिने मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ