२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साहित्यमा समृद्ध मुलुकका शब्दहरु बुन्नुपर्ने

९ फाल्गुन २०७२, आईतवार ०४:०३

फागुन ९, बर्दिया । अबको साहित्य लेखनमा माया र प्रेमका विषयबस्तुभन्दा पर रहेर समृद्ध मुलुक निर्माणका लगि लेखिनु पर्नेमा सहभागी स्रष्टा तथा विज्ञजनहरूको मत रहेको छ ।

कृष्णसार पाठक मञ्चको १९आंै श्रृङ्खलाको सन्दर्भमा सहभागी विज्ञ तथा स्रस्टाहरुले यस्तो कुरामा जोड दिएका हुन् । सदरमुकाम गुलरियाको मिरर होटलमा आयोजना गरिएकोे श्रृङ्खलामा सहभागी गोविन्दबहादुर मल्ल गोठालेकृत “पल्लो घरको झ्याल” औपन्यासिक कृतिका सन्दर्भमा पवित्रा जैसीले बिश्लेषणत्मक प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा बर्दियाका स्रष्टा खगेश्वर गौतमले आफ्नो कृति झमक पुष्पाञ्जली र यसका विविध सिर्जनात्मक आयामहरुका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि प्राज्ञका रुपमा रहनुभएका सुर्खेत क्याम्पसका प्राध्यापकद्वय छन्दकवि बलभद्र भारती तथा प्राध्यापक डा. दीपक गौतमले आ–आफ्ना अनुभवहरु राख्नुभएको थियो । लेखक, कवि तथा सहत्यिकारहरू पनि अब आफ्ना सृजनाका माध्यमबाट कृषि तथा अर्थिक क्रान्ती ल्याउनु पर्ने समयको माग रहेको अवगत गराउँदै अब लेखिने कविताहरू, साहित्यहरू सृजनात्मक हुनुपर्ने र हिमाल पहाड तराई समग्र भूगोललाई प्रतिनिधित्व हुने साहित्य लेखिनु पर्ने तथा राष्ट्रियतालाई जोड्ने खालका र समृद्ध नेपालका लागि लेखिनु पर्ने कुरा बताउनुु भएको थियो ।

साथै वहाँहरुले जसरी राज्यले कर्मचारी, शिक्षक, तथा राष्ट्र सेवक संघ संस्थामा कार्यरत कर्मचारीहरूलाई तलबको व्यवस्था गरेको छ त्यसै गरी कवि, साहित्यकार, कलाकार, तथा लेखकहरूलाई पनि राज्यले देश विकासमा महत्वपूर्ण अङ्का रूपमा स्थापित गराइनु पर्ने र आजिवन पेन्सन वा सो सरहकै सुविधाको व्यवस्था गरिनु पर्ने र सो का लागि लेखक कला साहित्यकर्मीहरू पनि जागरूक हुन आवश्यक रहेकोले यस पाठक मञ्च अबको आगामी दिनलाई सोही बमोजिमको योजना र मार्ग अपनाउने छ भन्दै यस मञ्चको उत्तरोत्तर प्रगतिको शुकामना दिनु भएको थियो ।

श्रृङ्खलामा निवृत्त शिक्षक एवम् कवि टीकाराम तिमिल्सिनाले छन्दका बारेमा सामान्य परिचय गराउँदै आफ्नो प्रस्तुती मार्फत मझौला झ्याउरे छन्दको बारेमा प्रस्तती राख्नु भएको थियो ।

कार्यक्रम मञ्चका सदस्य प्रभात सुवदीको अध्यक्षतामा सम्पन्न गरिएको हो । आगामी १९औं श्रृङखला फाल्गुन २३ गते शनिवार आयोजना गरिने जुन श्रृङ्खलामा छन्दमा कविता लेखन सम्बन्धी विष्ोश प्रायोगिक प्रशिक्षणको आयोजना गरिने मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड