२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सहकारी व्यवस्थापनमा बर्दिया पहिलो नमूना जिल्ल्ला: प्रधानमन्त्रीले गरे फोनबाटै घोषणा

३० फाल्गुन २०७२, आईतवार ०२:४९

bardiya sabhaप्रभात सुवेदी/फागुन ३०, बर्दिया । जिल्लाको राजापुर नगरपालिकामा शनिवार आयोजित विशेष सभामा बर्दिया जिल्लालाई सहकारी व्यवस्थापनमा नेपालकै पहिलो नमूना जिल्लाको रुपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा वलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोमा मौसमको खरावी भएकोले फोन सम्बोधनबाटै प्रधानमन्त्री वलीले नमूना जिल्ला घोषणा गर्नुभएको हो ।

यसरी नमूना जिल्लाको रुपमा घोषणा गनै पाएकोमा आफू निकै खुसी भएको बताउँदै सहकारीका माध्यमबाट अव मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो । करीव ४ मिनेट जति लामो सम्बोधनमार्फत वहाँले गरिवी न्यूनीकरण गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र नयाँ नेपाल निर्माण कार्यमा निरन्तर लागिरहने बताउनुभयो ।

bardiya sabha1

कार्यक्रममा जिल्लाको समग्र साना किसान कृषि सहकारीहरुको प्रगति प्रतिबेदन नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य पुर्ण शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व ईजरायली राजदूत हनान गोड्र, व्यवस्थापिका संसद सदस्यहरु निर्मल सुवेदी, श्यामप्रसाद ढकाल, लीला राना, मानबहादुर थारु, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम सानाकिसान कृषि सहकारी संघ बर्दियाका अध्यक्ष डिल्लीराम जैशीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्कियो इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा