2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लामा प्रहरी हाम्रो टोलमा अभियानको उदघाटन

लोकेन्द्र प्रशाद जोशी।असोज ६, दार्चुला । गृहमन्त्री जनार्दन सर्माको ८४ वुँदे गृह प्रशासन सुधार मार्गचित्र अन्तरगत प्रहरी हाम्रो टोलमा अभियानको दार्चुला जिल्लामा समेत शुक्रबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । जिल्ला सदरमुकामको बजारक्षेत्रमा सरोकारवाला निकाय र नागरीकको सहभागितामा मौन र्यालीको आयोजना पश्चात एक औपचारीक अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरी कार्यक्रमको सुरुवात गरीएको हो ।

कानुनको पालना, जनताको जीउधनको सुरक्षा सहित जनउत्तरदायित्वमा कार्यरत निकायहरु नागरिकको घर आँगनमा देखिनुपर्छ र यसका लागि वर्तमान राज्य प्रणालीमा राज्यको शान्तिसुरक्षाका हरेक कार्यहरू जनमैत्री तवरले सम्पादन गर्नु आवश्यक छ भन्ने अबधारणकासाथ प्रहरी हाम्रो टोलमा अभियान दार्चुला जिल्लालगायत देशैभरीसञ्चालन गरीएको हो ।

गृहमन्त्री जनार्जन सर्माको ८४ वुँदे गृह प्रशासन सुधार मार्गचित्रको अधिनमा रहि  आम नागरिकलाई केन्द्रविन्दुमा राखी “शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशाससससससन”  अभियानको नाममा यो कार्यक्रम  तयार पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अभियानले नागरिकसंग प्रहरी र प्रशासनको सम्वन्धलाई अझ प्रभावकारी वनाउनुकासाथै प्रहरी प्रशासनलाई जन–उत्तरदायी बनाउने र शान्तिसुरक्षामा नागरिकको सहभागिता वढाउने लक्ष्य लीइएको छ ।

गुण्डागर्दीको नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य न्यूनीकरण, तस्करी, ठगी, लुटपाट लागुऔषध तथा यसका कारोवारहरुको नजिकवाट  निगरानी तथा नियन्त्रण गर्ने, घटनाहरू घट्नुपूर्व सावधानी अपनाउन् सहयोग पुर्याउने, अपराध अनुसन्धानमा प्रभावकारी सहयोग पुरयाउने, टोलसुधार र सुरक्षा एवं सामाजिक संगठन क्लवहरूलाई शान्तिसुरक्षा कार्यमा प्रत्यक्ष सहभागी वनाई आपसी सहयोग तथा प्रहरीसंग भाईचाराको सम्वन्ध विस्तार गर्ने, सामाजिक सदभाव र सह अस्तित्वको भावना विकास गर्ने, समाजमा भैरहेका आवान्छित गतिविधीहरुको निगरानी गर्ने कार्यमा जनतालाई जागरुक बनाउने, नागरिकको जनसांख्यिक अभिलेखमा पहुँच बृद्धि गर्ने, स्थानीय सरकारको काम कारवाहीमा सहयोगीकोे भूमिका निर्वाह गर्ने लगायत क्षेत्रमा अभियान सञ्चालन गरेर सफलता प्राप्त गर्ने उदेश्य लीइएको दार्चुला जिल्ला प्रहरी प्रमुख डिएसपी जनक वहादुर साहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई