2026-07-25 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै बर्दिया विश्वको नजरमा

harry 11

प्रभात सुवेदी । चैत ७, बर्दिया । नेपालको भ्रमणमा आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ को सोमबार हुने बर्दिया भ्रमणले बर्दिया यतिखेर विश्वको नजरमा परेको छ ।

सोमबार विहान करीव साडे ९ बजे राष्ट्रिय निकुञ्जको गैंडा मचानमा २ ओटा हेलिकप्टर अवतरण हुने तत्पश्चात बेलायती राजकुमार ह्यारीले खौराहा खोलामा र्याफ्टिंग बगौडाफाँटा सम्म पुग्ने कार्यक्रम रहेको छ । त्यसपछि करिब १५ मिनेट जति पैदल यात्राको कार्यक्रम तय गरिएको र उहाँलाई बाघ अनुगमनका लागि जडान गरिएको उपकरण र यसको प्रकृयाका सन्दर्भमा जानकारी गराइने कार्यक्रम रहेको निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो ।
त्यसपछि गाडि चढेर बर्दियाको पर्यटकीय नमूना क्षेत्रको रुपमा विकास भैरहेको (होमस्टे) डल्लामा पुगेर स्थानीय थारु संस्कृति, रहनसहनका बारेमा जानकारी लिँदै ४५ मिनेट व्यतित गर्नुहुने र फर्केर बर्दिया राष्ट्रिय निकुञ्जको व्यारेकभित्र पुग्नुहुने छ । जहाँ गणपतिले निकुञ्जको जैविक विविधता तथा संरक्षण सम्बन्धी गतिविधीहरु कसरी सञ्चालन गरिएको छ भन्ने सवालमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

यसरी ४ घण्टाको समय व्यतित गरी बेलायती राजकुमार ह्यारी फर्किनुहुने निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी गराउनुभएको छ ।

माथिको तश्विरमा: होमस्टे डल्लामा ह्यारीको स्वागतार्थ निर्माण गरिएको स्वागतद्वार । तश्विर: हेमन्त आचार्य

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक