2026-06-30 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया जिल्लालाई साक्षर घोषणा गरिने

sakh

प्रभात सुवेदी । चैत २६, बर्दिया । ‘सर्वाङ्गीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला’ भन्ने आदर्श वाक्यसहित चैत २८ गते जिल्ला विकास समतिको परिसरमा औपचारिक समारोहका बीच बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने भएको छ ।

जिल्लाको कूल साक्षर प्रतिशत ९६.४१ पुगेकाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको शुक्रबार जिल्ला शिक्षा कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । साक्षरता प्रतिशत ९७.२० पुगेपछि असार २५ गतेदेखि मनाउ गाउँपालिकाबाट शुरु गरिएको घोषणाको कार्यक्रम निरन्तर रुपमा गरिँदै आएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी तेजराज शर्माले ज्ञानको कुनै पनि सिमा नहुने भएकोले साक्षर जिल्ला घोषणा भएपश्चात पनि जिल्लाभर रहेका १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ४ सय ३७ जना निरक्षरलाई साक्षर गराउने अभियान भने जारी नै रहने हुँदा यस कार्यक्रमलाई सफल पार्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरुले उठाएका जिज्ञासाहरुका सन्दर्भमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले प्रष्ट पार्नुभएको थियो भने जिल्लाको समग्र साक्षरताको अवस्थाका सन्दर्भमा साक्षरता कार्यक्रमा फोकल व्यक्ति एवम् विद्यालय निरीक्षक पुण्यप्रसाद न्यौपानेले जानकारी गराउनुभएको थियो ।
र यो पनि,
जिल्ला शिक्षा कार्यालय बर्दियाले आज २०७२ सालको जिल्ला स्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कूल ११ हजार १ सय ७७ जना परीक्षार्थीहरुमध्ये ८ हजार ३८ जना उत्तीर्ण भएको परीक्षा शाखाका शेरबहादुर रोकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ