2026-07-25 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका श्रमिकको पारिश्रमिक ह्वात्तै बढ्यो, कुन-कुन क्षेत्रम बढ्यो ?

असोज ७, नुवाकोट । नुवाकोटमा कार्यरत श्रमिकको पारिश्रमिक १४ प्रतिशतले वृद्धि भएको छ । 

निर्माण सामग्री ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर निर्धारण समितिले श्रमिकको श्रेणी विभाजन गरी यसअघि कायम पारिश्रमिक शुल्कमा १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । समितिले दैनिक पारिश्रमिक लिएर काम गर्ने सबैको शुल्क १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेअनुसार नयाँ शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । 

समितिको निर्णयानुसार दक्ष कामदारको प्रति आठ घण्टाको पारिश्रमिक रु एक हजार ८० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । “यसअघि पाउँदै आएका रु एक हजार कम भएको महसुस गरी वृद्धि गरिएको छ,” प्रजिअ बरालले भन्नुभयो, “बढ्दो बजार महँगी, कामदारको अभाव र श्रमिकको उचित पारिश्रमिकको पक्षमा समर्थन गर्दै शुल्क वृद्धिको निर्णय गरिएको हो ।” 

निर्माण पक्षसँग सम्बन्धित अन्य श्रेणीका दक्ष कामदारको पारिश्रमिक वृद्धि गरी प्रतिआठ घण्टाको रु ८५० निर्धारण गरिएको छ । दक्ष कामदारका रुपमा वर्गीकरण गरिएको ज्यामी, डकर्मी, सिकर्मी, अपरेटरलगायतका श्रमिकको पारिश्रमिक यसअघि रु ८१५ रहेको थियो । 

समितिले अर्धदक्ष कामदारको प्रतिआठ घण्टाको रु ६६० निर्धारण गरेको छ । अर्धदक्ष कामदारलाई रु ६०० र हलुका श्रेणीमा सूचीकृत ज्यालादारी श्रमिकको ज्यालादर रु ४६० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बरालले जानकारी दिनुभयो ।  समितिले सडकमा काम गर्ने ‘लेन्थ वर्कर’को ज्यालादर रु ४३० निर्माण सुपरभाइजरको रु ५३०, लाइट सवारी चालकको रु ६०० र सहयोगी कार्यकर्ताको रु ४९५ निर्धारण गरिएको छ । 

समितिले निर्माण सामग्रीको मूल्य दर भने अहिले कायम रहेको शुल्क यथावत् रहने निर्णय गरेको छ । समितिको निर्णयले निर्माण सामग्री खरिद, सामानको ढुवानी, फलाम तथा काठको पोल, भू–संरक्षणसम्बन्धी काम, बोटबिरुवा, काठ–दाउरा, इँटालगायतको मूल्य यथावत् गरिएको छ । 

निर्माण सामग्रीको ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर रेट निर्धारणका लागि समितिले प्राविधिक कार्यालयका इञ्जिनियर उषेश श्रेष्ठ संयोजक एउटा कार्यदल बनाएको थियो ।  तीन महिनाको अध्ययन र नेपाल राष्ट्र बैंकबाट प्रकाशित राष्ट्रिय मूल्य सूची दरको विश्लेषणका आधारमा कार्यदलले प्रस्ताव गरेको शुल्क निर्धारणलाई सदर गरी कार्यान्वयनमा ल्याएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक