2026-09-19 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विगत ७ बर्षदेखि पालमुनी बस्दै एकल महिला


सम्राट सिंह/असोज ७, बझाङ । जिल्लाको केदारस्यूँ गाउँपालिका ९ झोतामा विगत ७ बर्षदेखि एकल महिला पालमुनी बस्दै आएकी छन । 

बुङगल नगरपालिका पाउटा घर भएकी एकल महिला बिष्णा बादी विगत ७ बर्षदेखि झोता बजारको चौरमा पाल टाँगेर बस्दै आएकी हुन ।

माइतीघर थलारा गाउँपालिका खोली भएकी बिष्णाले बिहे गरेको ५ बर्ष नपुग्दै श्रीमान टिका बादीको मृत्यु भएपछि लामो समयदेखि उनी विभिन्न दुःख कष्ट झेल्दै चौरमा पाल टाँगेर बस्दै आएकी स्थानिय अम्मर लुहारले बताए । उनले भने धेरै दुःख कष्ट झेल्दै आएकी बिष्णा बादीले बर्षा को समयमा त टाँगेको पालमाथी जमेको पानी फाल्दै गरेको देख्दा दया लागेर आउँछ । 

झोता बजार नजिकै रहेको खुल्ला चौरमा सानो पाल टाँगेर बसेको देख्दा बझाङ जिल्लामा आउने गरेका पर्यटकहरु, सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीहरु र अन्य बाटोमा हिड्ने बटुवाहरु प्राय सबैले उनको बस्ने बासस्थानको फोटो लिने र उनका दर्दनाक कथा सुन्ने गरेका छन । 

बिहान खायो भने बेलुका के खाने भन्ने बिषयमा नै चिन्ता हुन्छ बिष्णा बादीले भनिन् बिहान र बेलुकाको छाक टार्न बजार तथा गाउँमा माग्न जान्छु कहिले काँहि त ढिला आइन्छ पालमुनी पानी भरिएर खाना पकाउन सुत्न पनि समस्या हुने गरेको छ ।  बर्षादको समयमा त दिनरात पालमाथीको पानी फाल्न समय बित्ने गरेको उनले उनले थपिन् । 

गरिब, विपन्न र दलितका लागि जिल्लामा विभिन्न्न सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रमहरु आए तर वास्तविक गरिब र विपन्नहरुले कहिल्यै कार्यक्रमबाट सहुलियत पाएका छैनन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई