पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । दशैमा हुने बलीप्रथालाई रोक्नको लागि नेपाल अहिंसाप्रेमी शाकाहारी समाज र विश्व जागण अभियानले देशव्यापी रुपमा शान्ति पथ यात्राअभियान संचालन गरेको छ । दशैलाई लक्षित गरी उक्त अभियान बाग्लुङ, म्याग्दी हुदै पर्वतमा आइपुगेको छ ।

दशैमा हुने काटमार रोक्नको लागि उक्त दुइ संस्थाले बाग्लुङको कालिका मन्दिर परिसर, म्याग्दीको गलेश्वर र पर्वतको कुश्मामा प्रभातफेरी सहित शाकाहारी बन्नको लागि अभिप्रेरणा जगाउँदै अभियान लिएर हिडेका छन् ।

विश्व जागरण अभियानका संस्थापक एवं प्रध्यापक योग गुरु विनोद शर्माले विदेशमा प्राणीलाई माया गर्नेको संख्या बढेता पनि नेपालमा बली प्रथाका कारण मानव हिंस्रक बनेको बताए ।

उनले धर्मको नाउमा हुने हिंसा विनासको संकेत भएको बताउँदै बली प्रथा रोक्नुपर्नेमा जोड दिएका थिए ।

शाकाहारी अभियान्ता अनिता भण्डारीले चाडपर्व र अन्य बेलामा हुने हिंसालाई रोक्न र शाकाहारी बन्नको लागि अभिप्ररेणा जनाउनको लागि अभियान संचालन गरेको बताइन । देशभर विशेष चाडपर्व र यो दशैमा हुने बली रोकौं र सवै शाकाहारी बनौं भन्ने हामे मुख्य उदेश्य हो उनले भनिन् ।