४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

विगतलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ

५ बैशाख २०७३, आईतवार ०२:३२

Bardiya Education

प्रभात सुवेदी । वैशाख ५, बर्दिया । शैक्षिक गुणस्तरका लागि विगतलाई समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

‘समुन्नत राष्ट्रको लागि शैक्षिक विकासमा हाम्रो प्रतिवद्धता, राजनैतिक अधिकार सहितको ट्रेड यूनियन अधिकार संवैधानिक सुनिश्चितता’ भन्ने मूल मर्मका साथ ३७औं शिक्षक दिवस तथा जिल्लाको १३औं परिषद्लाई उद्घाटनपश्चात सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष खुमलाल शर्माले उक्त कुरा बताउनुभएको हो । अहिले सामुदायिक विद्यालयहरुमा तल्ला कक्षाहरु खाली हुनुमा अरुलाई दोष थुपार्नु भन्दा पनि शिक्षकहरु आफैले नै यसका लगि पहल गर्नुपर्ने कुरामा जोड दिँदै शिक्षक विद्यार्थी अनुपात मिलाउनका लगि राज्यले दरवन्दी मिलान र शिक्षकहरुको तहगत दरवन्दी सहित बढुवाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । प्रमुख अथिति रहनुभएका अध्यक्ष शर्माले शिक्षक सन्देश नामक पुस्तकको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै महासचिव तिलक कुँवरले सांगठनिक सुधारका लागि सदस्यहरु वृद्धि, आर्थिक सवलीकरण, सहकारीता र समावेशीतालाई ध्यान दिनुपर्ने र शिक्षकहरुले कुनै पार्टीको झण्डा बोक्नु भन्दा पनि पेशागत राजनीति र हक अधिकार र सेवासुविधाहरुका लागि अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । आइसिटीमा दक्ष नभएका शिक्षकहरुको अवको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी र परिणाममुखी नहुने भएकाले अवका दिनमा सबै शिक्षकहरुले अनिवार्य रुपमा यस क्षेत्रमा आफूलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल शिक्षक महासंघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गानाले गुणस्तरीय शिक्षाका लागि बहस गर्नुपर्ने र जिल्लालाई भर्खरै मात्रै साक्षर जिल्ला घोषणा गरिएकोमा अवको दिनमा साक्षर मात्रै नभएर शिक्षित जिल्ला बनाउनु पर्ने कुरा बताउनुभयो ।

Bardiya Education 2

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवाली, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव दया पौडेल, सुर्खेतका अध्यक्ष रामबहादुर शाही, दैलेखका अध्यक्ष देवेन्द्र अधिकारी, केन्द्रिय सदस्य शिव उपाध्याय लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमा १२औं साफ खेलकुद अन्तर्गत खोखोमा सहभागी भएर कास्य पदक प्राप्त गरि देशको गौरव बढाएका बर्दियाली खेलाडिहरु सिर्जना शाही, ललिता थारु, ज्योतिप्रकाश तिमिल्सिना र करिश्मा बोगटीलाई सम्मान गरिएको थियो । यसैगरी निवृत्त शिक्षकहरु, संस्थापक अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । साथै संगठनको आजीवन सदस्यता लिने सदस्यहरुका लागि पनि प्रमाणपत्र प्रदान गरिएको थियो । एसएलसी परीक्षा २०७१ मा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट जिल्लामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पनि सम्मान गरिएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिका अध्यक्ष लोकमणी आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जिल्ला सचिव भक्तिसागर रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अभिनेता जितु नेपाललाई मातृशोक झापामा प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला शान्दार मः म ग्यास विस्फोटमा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी