Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 25, 2017 पर्बत - PBT, समाज

नारीको सम्मान र पहुँच अझै भएको छैन –सांसद कल्पना चापागाई

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् ।

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

बडा दशैमा देवीस्वरुपमा दुर्गा, कालीको पूजा अर्चना  हुन्छ, तिहारमा लक्ष्मीमाताको पुजा गरिन्छ तर यर्थाथ र समाजमा नारीलाई अझै पनि समाजले सम्मान गरेको पाइदैन  उनले भनिन् ।

नारीहरुको स्वरुप बनाई दशै तिहारमा पूजा गर्नेहरुले नारीलाई अझै पनि सम्मान दिन नसकेको उनले बताइन् । देशमा यत्रो आमुल परिर्वतन भयो । ५१ प्रतिशत नारीको माथिल्लो निकायमा समेत पहुँच पुग्ने व्यवस्था कायम भयो तर अझै पनि समाजमा महिलाहरु अपमान हुनुपरेको छ उनले भनिन् ।

दशै तिहारमा नारी शक्तिको पूजा गर्नेहरुले नारी जगतलाई अपहेलना गर्छन आखिर किन ? उनले भनिन् ।

महिला विकास र शसक्तिकरणमा जोड दिनुपर्ने आजको आवश्यकता भएको भन्दै उनले अब महिलाहरुको सम्मान गर्न आवश्यक रहेको औलाइन् ।