पर्वत । नेकपा एमाले क्षेत्र नं २ पर्वतका सांसद विकास लम्सालले अझै पनि देशमा नागरिकलाई सक्षम बनाउने लोकतन्त्र स्थापित हुन नसकेको बताएका छन् । 

नागरिकहरुको हक अधिकारहरु नेपालको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमाले क्षेत्र नं २ पर्वतका सांसद विकास लम्सालले अझै पनि देशमा नागरिकलाई सक्षम बनाउने लोकतन्त्र स्थापित हुन नसकेको बताएका छन् । 

नागरिकहरुको हक अधिकारहरु नेपालको स"/>

2026-09-19 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसद विकास लम्सालले भने– नागरिकलाइ सक्षम गराउने लोकतन्त्र अझै स्थापित भएको छैन

पर्वत । नेकपा एमाले क्षेत्र नं २ पर्वतका सांसद विकास लम्सालले अझै पनि देशमा नागरिकलाई सक्षम बनाउने लोकतन्त्र स्थापित हुन नसकेको बताएका छन् । 

नागरिकहरुको हक अधिकारहरु नेपालको संविधान २०७२ मा संरक्षित भएता पनि पूर्णरुपमा संविधान कार्यन्वयन भैनसकेकोले अझै पनि नागरिकलाई सक्षम बनाउने लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका हुन् । 

सोमबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

संविधान कार्यान्वयनकै पक्षमा छ । पहिलो चरणमा स्थानीय तहको चुनाव सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुन अझै बाँकी छ । जसका कारण पनि लोकतन्त्रले स्थापित गरेको नेपालको संविधान २०७२ कार्यान्वयनकै चरणमा रहेका कारण पनि लोकतन्त्रले नागरिकलाई सक्षम बनाउन अझै नसकेको उनले बताए । 

नागरिकलाई सक्षम बनाउनको लागि उत्पादनमुखि बन्नुपर्नेमा उनलेको जोड थियो । उनले कृषि पशुपालन व्यवासयीको माध्यमबाट नागरिकलाई सक्षम बनाउन सकिने र त्यसको सम्भावना जिल्लामा रहेको बताए । 

जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि राजनीतिक दलहरु, नागरिक समाज मिलेर अगाडि बढेमा र युवाहरुलाई लघुउद्यममा प्रोत्साहन गर्न सकेमा लोकतन्त्रमा सक्षम नागरिक उत्पादन गर्न सकिने उनको तर्क थियो ।

बैकमा नागरिकको विजोकप्रति चिन्ता 

सांसद लम्सालले दशैको बेलामा आवश्यक पैसाका लागि बैकमा नागरिकको भीड लागेको देख्दा चिन्ता लागेको बताएका छन् । नेपाल बैक तथा अन्य बैकमा खुद्रा र नयाँ नोटका लागि नागरिक घन्टौसम्म लाइनमा बस्दा समेत पैसा पाउन नसक्नु स्थानीय प्रशासनको कमजोरी भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । 

राज्यले दशैको लागि करोडौ रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ तर जनताको हातमा अझै नयाँ नोट परेको छ । कमसे कम दशैको बेलामा नागरिकलाई आवश्यक नयाँ नोट समयमा पाउने व्यवस्था स्थानीय प्रशासनले मिलाउन नसक्नु आफैमा दुखद भएको भन्दै यसप्रति ध्यान जान आवश्यक रहेको औलाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो