पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका"/>
2026-09-19 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास नगरपालिकाको १०० दिन – १९ उपलब्धी आलोचना बढी

पर्वत । स्थानीय तह अनुसार पहिलो चरणमा जनप्रतिनिधि पाएको फलेवास नगरपालिकाले १०० दिनमा उपलब्धी भन्दा बढि आलोचकहरु प्राप्त गरेको छ । स्थानीय कृषि उत्पादनमा कर लागेपछि त्यसको चर्को विरोध हुदै आएको छ । कृषकले सडकमानै दुध पोखेर त्यसको चर्को विरोध गर्दै आएका थिए ।

पत्रकार सम्मेलन गरी जानकारी 

पदभार ग्रहण गरेको सय दिन पुगेको अवसरमा नगरपालिकाले सय दिनमा गरेका १९ उपलब्धीहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छ । एक सय दिनमा आफूहरुले गरेका १९ कामहरु पनि महत्वपूर्ण र उपलब्धीमुखी बनेको नगरप्रमुख पदमपाणी शर्माको दाबी छ । सोमबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको हो ।

सय दिनका १९ उपलब्धी 

नगरपालिकाले एक सय दिनमा जम्मा १९ उपलब्धीमा सफलता मिलेको जनाएको छ । नगरपालिकाले एक सय दिनमा गरेका १९ उपलब्धी महत्वपूर्ण र समयअनुकुल भएको दाबी गरेको छ । 

नगरको समग्र बिकासका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माणका लागि गुरुयोजना बनाउन त्रिभुवन बिश्व बिद्यालय संग समझदारी पत्रमा हस्ताक्षर गरेर नगरको विकासको लागि अगाडि बढेको नगरपालिकाले जनाएको छ । 

गुरुयोजना अनुरुप बस्ती बिकास, पुर्बाधार निर्माण, कृषि र पशुपालन , औधोगिक क्षेत्र लगायतका योजनाहरु सुरु गरिने नगरका मेयर पदमपाणी शर्माले बताए ।

कच्ची सडक मर्मतगरी सुचारु 

अहिले सम्म एक मिटर पनि कालोपत्रे बाटो नरहेको फलेबासमा साउन महिनामा मर्मत गरेर कच्ची सडकहरु सुचारु गरिएको र असोजको पहिलो साता देखि बर्षाले भत्काएका सडकहरु मर्मतको काम गरिरहेको  नगरपालिकाले जनाएको छ । बर्षात्का समयमा भत्केका सडकहरुको मर्मतकार्य जारी रहेको पनि नगरपालिकाले जनाएको छ । 

बालमैत्री र अनिवार्य अंग्रेजी शिक्षामा जोड 

नगरपालिकाले सबै सामुदायिक बिद्यालयमा कम्तीमा पनि १ कक्षा सम्म बालमैत्री र अनिवार्य अंग्रेजी सहितको शिक्षा सुरु गर्नका लागि प्रधानाध्यापक भेलाबाट १७ बुँदे प्रतिबद्धता जारी गरेको छ । शिक्षकहरुलाई टे«निङ्ग दिन प्रशिक्षकहरु समेत तयार भएको नगरप्रमुख शर्माले बताए । 

पत्रकार सम्मेलनमा उनले नगरको शिक्षाको विकासको लागि अनिवार्य अंग्रेजी सहितको शिक्षालाई प्रथामिकतामा राखेको बताए ।

१ हजार मेघावाट जलविद्युतको सम्भाव्यता अध्ययन

नगरपालिकाले एक हजार मेघावाट जलविद्युत आयोजनाको लागि सम्भाव्यता अध्ययनको तयारी भएको जनाएको छ ।  कालीगण्डकी बि जलबिद्युत आयोजनाको संभाब्यता अध्ययनका लागि समन्वयको काम थालिसकेको पनि प्रमुख शर्माले जानकारी दिए । जसलबाट उत्पादित विद्युतले नगर उज्यालो शहरमा विकसित हुने र त्यसबाट आम्दानी गर्ने सोच रहेको जनाएको छ । 

घरघरमै सामाजिक सुरक्षा भत्ता 

घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरणको काम गरिरहेको र यसपटक पहिलो चौमासिकको १ करोड ९७ लाख ६ हजार जनप्रतिनीधी र वडा सचिबले बितरण गरिसकेको र बाँकी नपुग रकम २२ लाख निकासा भैसकेको नगरपालिकाले जनाएको छ । नगरभित्र रहेका बृद्धबृद्धा, अपाङ्गता, एक महिला तथा सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई घरघरमानै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताएको छ ।

साथै सबै शिक्षक, कर्मचारी, कृषि, स्वास्थ्य, पशुसेवा तर्फका कर्मचारीहरुको तलब समेत खुवाएको कुरालाई समेत नगरपालिकाले आफ्नो उपलब्त्रीमा राखेको छ ।

स्वास्थ्यसंस्था अब ५ बजेसम्म खुलाउने 

नगरपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा ५ बजे सम्म खुल्ने ब्यबस्था मिलाउनुका साथै ब्यबस्थित बस्ती बिकासका लागि घरजग्गा नक्सापास शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो