कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले व"/>

2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पाल्हीनन्दन गाउँपालिकाको कार्यालय फेरी लाग्यो ताला

असोज १०, नवलपरासी । पाल्हीनन्दन गाउँपालिकाको कार्यालयमा आज फेरी तालाबन्दी भएको छ । 

कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले विना सहमतीमा तोडेपछि त्यँहाका स्थानीयहरु आक्रोशित भई मंगलबार फेरी तालाबन्दी गरेका हुन् । सरकारले पाल्हीनन्दन गाउँपालिकाको कार्यालय साविक कुश्मामा तोकेपनि गाउँपालिका अध्यक्ष दिपक गुप्ता एकलौटी रुपमा बेलाशपुर सार्न खोजेको भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् । 

हजारौंको मासमा आईतबार आएका स्थानीयले हाल पाल्हीनन्द–३ कुश्मामा रहेको कार्यालयमा तालाबन्दी गरेका थिए भने सोमबार गाउँपालिका अध्यक्ष गुप्ताले प्रशासनको सहयोगमा स्थानीयहरुसँग बिना कुनै सहमति गरि ताला तोडेपछि आक्रोशित स्थानीहरुले मंगलबार फेरी तालाबन्दी गरेका हुन् । 

यसबारे प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष पावित्रा कोहांरले स्थानीयहरुको सहमति विना ताला तोडिएकाले विबाद बढदै गएको बताउनु भएको छ । तर गाउँपालिका अध्यक्ष गुप्ता भने सम्पर्कमा आउन खोजेका छैनन् ।

 हाल कार्यालय कायम रहेको कुश्मामा प्रयाप्त जग्गा सहित अन्य कार्यालय र पुर्वाधार रहेको र जग्गा अपुग भए आफुहरु उपलब्ध गराउने स्थानीयहरुले बताएपनि गाउँपालिकाको कार्यालय सार्न खोजिएको घोर विरोध भएको छ । यता स्थानीयहरुले दास्रो  पटक लगाएको ताला सहमति बिना तोडिए त्यस्को नतिजा खराब हुनेभन्दै चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा