पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै ग"/>
2026-09-19 01:44 PM
पर्बत - PBT

पर्वतमा लिङ्गे पिङ लोप हुँदै

पर्वत । विगत केहि वर्ष अघि सम्म प्रत्येक ठाउँमा छ्याप्छ्याप्ती देखिने लिङ्गे पिङ पछिल्लो समय दुर्लभ बनेका छन् । जिल्लाको सदरमुकाम देखि एउटै गाविसमा पनि दर्जनौ लिङ्गे पिङ हालेर खेल्ने र दशैमा रमाउने प्रचलन पछिल्लो समय लोप हुँदै गएको हो ।

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा अहिले एउटापनि लिङ्गेपिङ स्थापना गरिएको छैन भने ग्रामीण क्षेत्रमा समेत निकै न्यून मात्रामा पिङ्गहरु राखिएका छन् । पहिले पहिले गाउँमा युवाहरु हुन्थे, बाबियो हुन्थ्यो र ठाउँ ठाउँमा पिङ हालिन्थ्यो तर अहिले न गाउँमा युवा छन् न बाबियोनै त्यसैले यस वर्षपनि पिङ्ग स्थापना नगरिएको पर्वतको ठुलीपोखरीका राजुकुमार सापकोटाले बताउनुभयो ।

गत वर्षसम्म सदरमुकाममा सशस्त्र प्रहरी बलको चण्डिका गणले नागरिकका लागि पिङ्ग स्थापना गरिदिको भएपनि यस वर्ष बाबियो, बाँस लगायतको अभावका कारण स्थापना गरिदिएको छैन । त्यसले गर्दा सदरमुकामबासीहरु पनि दशैमा पिङ्ग खेल्नबाट बञ्चिन बनेका हुन् । दक्षिण पर्वतका विहादि, महाशिला, र फलेवासका एकाध ठाउँमा पिङ्ग राखेको भएपनि विगतका बर्षहरुमा जस्तो धेरै ठाउँमा नराखिएको पाइएको स्थानियले बताएका छन् ।

पिङ्ग स्थापना गर्नका लागि घाँस जातीको बाबियो र वाँस आवश्यक पर्छ । पछिल्लो समय पशुपालनमा युवाहरुको कम आकर्षण भएकाले बाबियो समेत लोप हुँदै गएको छ । यस वर्ष पिङ्ग राखेका ठाउँहरुमा पनि प्लाष्टिक तथा जुटका डोराबाट निर्मित लठ्ठा प्रयोग गरिएको पाइएको छ ।

पछिल्लो समय बढ्दो मात्रामा भित्रिएको इन्टरनेटको प्रयोग सञ्चारको पहुँच, युवा पलायन जस्ता कारणले दशैमा पिङ्ग हाल्ने, खेल्ने र मनोरञ्जन लिने संस्कृति लोप हुँदै गएको समाजसेवी मानकुमारी गिरीको भनाई रहेको छ । ग्रामीण भेगका केहि ठाउँमा पिङ्ग हाल्ने चलन भएपनि शहरी क्षेत्रमा भने पुर्ण रुपमा हटिसकेको उनको भनाई रहेको छ ।

यस्ता संस्कृतिलाई जगेर्ना गर्दै जानुपर्ने सर्वसाधारणको भनाई रहेको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहार लगायतका पर्वको सम्वद्र्धन र प्रवद्र्धनमा सवै एकजुट भएर लाग्नुपर्ने विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो