सम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी बढेको छ ।

करिब १ हप्ता अगाडि देखि तल्कोट गाउँपालिकामा जडियाँको संख्या बढेको हो । नवर्निवाचित गाउँपालीकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेको भए पनि जाँड रक्सी पिउने तथा बिक्री गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दो छ ।

तल्कोट गाउँपालिकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेपछि खुसी भएका तल्कोटबासीहरु यसरी जडियाँहरु सडकमा नै पल्टिरहेको देख्दा तल्कोट गाउँपालिकाले गरेको निर्णय काम नलाग्ने भएको स्थानिय सुनिल शार्कीले बताए । निर्णय त ग¥यो तर कार्यान्वयन गर्न नसक्नु तल्कोट गाउँपालिकाको कमजोरी भएको उनको भनाइ छ ।

जन प्रतिनिधि आए अब केहि बिकास हुन्छ भन्ने आशामा रहेका तल्कोटबासीहरु जनप्रतिनिधिहरुले पनि गाउँपालिकाको विकासमा चाँसो नदिएको आरोप लगाएका छन ।

October 3, 2017
बझाङ्ग - BJN, समाज
तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी
By kit
2 मिनेट पढाइ