प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका न"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका न"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

तिमिल्सिनालाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने एमाले पर्वतको नक्कली ग्राण्ड डिजाइन

२०७४, २० आश्विन शुक्रबार ०२:४१

प्रदेशसभाको चुनाव मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आ–आफ्ना जिल्ला नेताहरुलाई उम्मेदवारको रुपमा उभ्याउने काम गरेका छन् । प्रदेशसभाको सदस्यका लागि चुनाव लड्न टिकट हात पार्ने कसरत चर्को हु्ँदैछ । यसमा जिल्लादेखि केन्द्रिय तहका नेताहरु समेत छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पर्वतले प्रदेशसभाको चुनाव लड्ने आकांक्षीहरुको नाम सिफारिश गरेसँगै नेकपा एमाले पर्वतले पनि आकांक्षीहरुको नामावली सार्वजनिक गरेको छ । एमाले पर्वतले आकांक्षीहरुको नाम मात्र सार्वजनिक नगरी केन्द्रिय सदस्य गणेश तिमिल्सिनालाई मुख्यमन्त्री बनाउने कसरत शुरु गरेको बताइएको छ । कतिपयले नक्कली ग्राण्ड डिजाइन मात्र तयार भएको बताउँदै छन् । एमाले पर्वतले प्रदेशसभा सदस्यका लागि आकांक्षी सदस्यहरुको नाम आज विहिबार सार्वजनिक गरेको हो । नामावली सार्वजनिक गर्दै गर्दा केन्द्रिय पोलिटव्यूरो सदस्य तिमिल्सिनालाई भने प्रदेशको मुख्यमन्त्रीमा सिफारिश सहित सर्वसम्मत निर्णय गरिएको जनाइएको छ । तिमिल्सिना मुख्यमन्त्री बन्न नपाउने भए सिफारिश भएका ६ जना मध्ये जो पनि एक जना सदस्य उम्मेदवार हुने सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।

सहमतिमा नेता तिमिल्सिनालाई मुख्यमन्त्री नै हुने गरी प्रदेशसभा सदस्यमा सिफारिश गरिनुको पछाडि ठुलो ग्राण्ड डिजाइन रहेको एमालेकै कार्यकर्ताको दावी छ । तिमिल्सिना मुख्य मन्त्री बन्ने भए प्रदेश सदस्यमा लड्ने र नहुने भए नलड्ने भन्ने कुरा चालबाजी मात्र भएको बताइन्छ । यो सवै तिमिल्सिनालाई प्रदेशसभा सदस्य लड्नबाट पछाडि हट्न बाध्य बनाउने चालबाजी मात्र भएको कार्यकर्ताले तर्क छ ।  एमाले पर्वतका अध्यक्ष पदम गिरी पर्वतको १ नं. क्षेत्रबाट प्रदेशसभाका लागि जसरी भएपनि चुनाव लड्ने दाउमा छन् । यसैविच प्रदेशसभाका लागि सदस्यमा तिमिल्सिनाले एकाएक रुचि देखाएपछि एमाले जिल्ला अध्यक्ष गिरीलाई संकट आइलागेको छ ।  अध्यक्ष गिरीले स्थानीय तहको निर्वाचनसँगै प्रदेश सभा सदस्यमा चुनाव लड्न आर्थिक जोहो गर्दै आएको कुराले चर्चा पाउदै आएको समेत छ । तिमिल्सिना एमाले जिल्ला अध्यक्ष पदम गिरीका राजनीतिक गुरु मानिन्छन् भने राजनीतिमा गिरीलाई स्थापित गर्न तिमिल्सिनाकै हात रहेको बताइन्छ ।

मुख्यमन्त्री बनाउने गरी प्रदेशसभा सदस्यमा नेता तिमिल्सिनालाई सिफारिशि गरेपनि अध्यक्ष गिरी भने प्रदेश सदस्यको पद हत्याउन आफै ज्यान दिएर लागेका छन् । आफूले भनेको मान्ने युवा संघका सदस्यहरु मार्फत् अध्यक्ष गिरीले प्रदेश सदस्यमा आफ्नो प्रचारप्रसार व्यापक गराउदै हिडेका छन् । विशेषगरी सामाजिक संजालमा गिरीले एमाले युवा मार्फत् प्रदेश सदस्यको एक मात्र लोकप्रिय उम्मेदवार भनी प्रचार गराउदै आएका छन् । यसरी एमाले पर्वतको १ नं. क्षेत्रबाट प्रदेश सदस्यमा गुरु र चेला विच सदस्य उम्मेवारको टिकट हत्याउन नै घम्साघम्सी हुने भएको छ । खासगरी नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकिकरणको कुरापछि तिमिल्सिनाले प्रदेश सदस्यका लागि बढी नै रुचि देखाएका छन् । प्रदेश सदस्यमा सिफारिशका लागि एमाले पर्वतमा ओली गुटकै बोलबोला रहेको छ । यता प्रदेशमा चुनाव भै जिती हाले पनि तिमिल्सिना मुख्यमन्त्री हुने संभावना न्यून छ । एमाले नेताहरु पृथ्वीराज सुव्वा, किरण गुरुङ, रविन्द्र अधिकारी लगायत अन्यको नामपछि मात्र तिमिल्सिनाको नाम आउने गर्दछ ।

एमाले क्षेत्रिय कमिटिमा प्राप्त भएका उम्मेदवारीहरुमध्येबाट सर्वसम्महत तिमिल्सिनालाई मुख्यमन्त्रीमा सिफारिश भएपछि अन्य सदस्यहरु भने जिल्ल परेको बताइन्छ । प्रदेश सदस्यमा नाम सिफारिश हुनेमा पार्र्टी अध्यक्ष पदम गिरि, उपाध्यक्ष भक्त कुंवर, पुर्ब उपसचिव उदय सुबेदि र बाबुराम सुबेदि रहेका छन् । त्यस्तै महिला २ जना मध्ये सरिता भण्डारी र लक्ष्मी सुनार रहेका छन् । पुराना र त्यागी एमाले नेता भनी परिचित गणेश पौडेललाई भने प्रदेश सदस्यका लागि नाम पनि सिफारिश गर्न एमाले पर्वतले छुच्याइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली