२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पक्राउ परेका सीमा रक्षक देवनारायण यादव छुटे

२०७४, २१ आश्विन शनिबार १५:५७

असोज २१, राजविराज । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव आज साँझ साधारण तारिखमा छुटेका छन् । 

सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले दुवैजना बाबुछोरा साधारण तारिखमा रिहा भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 

यही असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै भारतीय प्रहरीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुपौलको कुनौली थाना गएका बाबु देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ गरेका देवनारायण र उनका छोरा अजय विरुद्ध भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको थियो । भारतको कुनौलीकी १८ वर्षीया ज्योति साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेकी थिइन् । 

ती युवतीका परिवारजनले कुनौली थानामा अपहरणसम्बन्धी उजुरी दिएपछि अजय र उनका बुबा देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएको प्रहरी स्रोतबाट बुझिएको छ । 


गत २०७३ साउन १३ गते दशगजा क्षेत्रअन्तर्गत नेपाल–भारत सीमामा पर्ने तिलाठीस्थित भारतीय पक्षले बनाएको अवैध बाँध भत्काएको विषयमा देवनारायणकै अगुवाइमा भारतीय र नेपालीबीच झडप भएको थियो । सोही घटनाको बदलास्वरुप उहाँ र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा