२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पताल फेरी तनाव ग्रस्त

२०७४, २२ आश्विन आईतवार ०६:४७

भास्कर के.सी./असोज २२, कञ्चनपुर । शनिबार बेलुका ७ बजे डेलेभरी गराउनको लागि सरस्वती विष्ट भि.न.पा.–१ बाराकुण्डाकी महिलालाई अस्पताल लाएको अस्पताल पु¥याउने बेला सम्म आमा र बच्चा दुवै स्वास्थ्य रहेको र राती १:३० बजे बच्चालाई मृत घोषणा गरेपछि अस्पताल तनाव ग्रस्त भएको छ ।


बेलुका सकुशल अस्पताल पु¥याएको अस्पताल पु¥याउदा सम्म आमा र बच्चा दुवै ठिकै भएको, राति डेलीभरी गराउदा बच्चाको टाउको अड्के पछि महिलालाई जोर गर्न लगाएको र त्यसरी पनि बच्चा बाहिर आउन नसके पछि भ्याकुम लगाएर तानेको त्यसबेला सम्म बच्चाले पेट भित्रै दिसा खाएर दिसा फोक्सोमा गएर मृत्यु भएको त्यस पछि डाक्टर सत्य प्रकाश कोइरालाले घरको परिवारजनलाई खबर गरेपछि परिवारजनले राति नै फोन गरि मान्छे बोलाएर  हातपात गरेको हातपात गर्ने क्रममा प्रहरी जवान प्रताप सिंह भण्डारीको टाउकोमा कुर्सीले लागि चार टाकाँ लागि सिटि स्केनको लागि भारत रिफर गरिएको महाकाली अञ्चल अस्पतालका अध्यक्ष अशोक पाण्डेयले बताउनु भयो । 

 कुनै पनि घटना घटेमा आफुलाई चित्त नबुझे त्यसको छानविन गर्ने निकायमा गई त्यसको छनविन गरी अपराधीलाई सजाय दिलाउनु पर्ने अवस्थामा यसरी एकाएक आक्रमण गरिएको विरोधमा आज देखि अञ्चल अस्पतालमा ईमेरजेन्सी वाहेक सबै कार्य ठप्प पारिएको छ । अपराधीलाई कारवाही हुनु पर्ने र सुरक्षाको ग्यारेन्टी नभए सम्म कार्य गर्न नसकिने भन्दै सबै कार्य ठप्प पारिएको छ ।

आइसयु चलाउने र काठमाण्डौं बाट चार जना डाक्टर आउने तयारी भै रहेको बेला यस्तो घटना हुदाँ अस्पताल र यहाँका जनतालाई निकै प्रभाव पर्ने अध्यक्ष पाण्डेयले बताउनु भयो ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रकाउ गरी प्रहरीले कारवाहि अगाडि बढाएको छ भने उक्त परिवारजन भने अस्पतालको लापरवाहीले बच्चाको मृत्यु भएको बेलुका राम्रै संग ल्याएको आमा बच्चा दुवै ठिक छन् भनेर अस्पालले नै भनेको अवस्थामा कसरी बच्चाको मृत्यु भयो कुनै अप्ठयारो भएको भए हामीलाई भनेको भए हामी अर्को अस्पतालमा लैजानथ्यौं राति कुनै पनि डक्टरले नहेरेको र सिक्ने स्टाफ नर्सले हेरेको त्यसकारण मृत्यु भएको मृत्यु पश्चात डाक्टर कोइराला आएर हरेको मृत्यक बच्चाका परिवारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो