२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालबालिकाको मनमा रमाउँदै सफल गुरुआमा कमला

२०७४, २२ आश्विन आईतवार ०८:२१

 -गोविन्द अधिकारी 
जीवनका उकाली ओराली, अनेकौ घुम्तीहरु कठिन संघर्षका साथ पार गर्दै आएकी एक सफल नारी पात्र हुनृ कमला ढकाल अधिकारी । जीवनका ४० औं बसन्त पार गरिसक्दासम्म धेरै क्षेत्रहरुको अनुभव संगालिसकेको भएपनि अधिकारी साना बालबालिकाको शिक्षा क्षेत्रमा राम्रो दखल राख्छिन् ।

नारीलाई एक प्रेममय, कोमल, निर्मल, सहनशीलताकी प्रतिमुर्तिको रुपमा लिने गरेको पाइन्छ । सायद यही नारी गुणले प्रशिक्षित र सुसज्जित भएर होला अधिकारी सानैदेखि बालबालिका प्रति अति नै लगाव राख्ने गर्दथिइन् । बालबालिकासँग रम्नु र केही नयाँ कुरा सिकाउनु उनको सोख बनेको छ । खोटाङ जिल्लाको बुइया भन्ने स्थानमा मध्यम घरपरिवारमा जन्मेको भएपनि उनको बाल्यकाल राजधानी काठमाडौमा वितेको हो । राजधानीकै पद्म कन्या स्कुलबाट स्कुले शिक्षा हासिल गरेकी उनले पद्म कन्या कलेजबाट नै नेपाली विषयमा उच्च शिक्षा हासिल गरेकी हुन् । आफू बाल्यकालमा सुखसयल र मायाममतामा हुर्केर पनि घरगाउँमा आर्थिक गरीवी र अभावले पढाइ लेखाइ पुरा गर्न नपाएका बालसंगीहरुको यादले उनलाई सधै सताइरहन्थ्यो । विशेषगरी बालबालिकालाई असल र व्यवहारिक शिक्षा प्रदान गर्नुपर्छ भन्ने कुराले आफ्नो मनमा जरा गाडेपछि जिन्दगी नै शिक्षा क्षेत्रमा होम्ने त्यसमा पनि बालबालिकाकै शैक्षिक विकासमा लगाउने अधिकारीले प्रण गरेकी छिन् ।

शिक्षित र खानदानी संयुक्त परिवारमा हुर्केकी भएपनि शिक्षाको सवालमा महिलाले किन पढ्नु पर्छ र ? भन्ने मानसिकता राख्ने पुरुषप्रधान समाजको चिन्तनबाट उनी प्रभावित नबनेकी हैनन्् । खासगरी उनका हजुरबाले छोरीले पढे पनि जागिर खानु हुँदैन भन्ने मानसिकता राख्ने गर्दथे । हजुरबाको छोरी मान्छेले जागिर खानु हुँदैन भन्ने चिन्तनलाई परास्त गर्दै उनले जागिर खाएकी थिइन् । त्यतिखेर जागिर खानु उनका लागि एकखाले विद्रोह गरेजस्तै अहिले लाग्छ । अधिकारीले २०४८ सालतिर नै एसएलसी पासपछि यूनिसेफ भन्ने संस्थामा राम्रै सेवासुविधा लिएर जागिर गरेकी थिइन् । जागिरमा जम्मा २ वर्ष समय विताए पछि आफैले केही पेशाव्यवसाय गर्नुपर्छ भन्ने मुड बनाइन् ।

यस्तो मुड आउनुको पछाडि उनका बाबु हेमान्नद ढकालले हवाइविभागमा कायममुकायम डाइरेक्टरबाट हुँदाखादाको जागिर छाड्न परेपछि हो । पंचायती शासकले नेपाली कांग्रेसको विचारधारा बोकेको र सहयोग गरेको भन्ने आरोपमा २०४० सालमा उनका बाबुलाई जागिरबाट बर्खास्त गरेको थियो । बाबुको जागिर छुटेपछि ढकाल परिवारका दुःख र संघर्षका दिनहरु शुरु भएका थिए । त्यसपछि नै अधिकारीकोे मनमा आफैले केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको थियो । सानैदेखि विभिन्न पेशाव्यवसाय संचालन  गर्दै आफ्नो पढाइ खर्च जुटाउने क्षमता अधिकारीले राख्न थालिन् । उनले व्यवसाय गर्ने क्रममा धेरै संघर्ष गर्नु प¥यो । केही व्यवसाय गर्दै उच्च शिक्षा अध्ययन गर्ने क्रममा उनले स्टेशनरी पसल, व्युटीपार्लर संचालन गरिन् । यी सवै व्यवसाय गर्दै गर्दा पनि उनको मन भने शिक्षा क्षेत्रमै केही गर्नुपर्छ भन्ने रहिरह्यो ।

सानैदेखि केही फरक कार्य गरेर समाजमा उदाहरणीय छाप छाड्न सक्नुपर्छ भन्ने मान्यता बोक्ने अधिकारीले धेरै अवसरहरुलाई त्याग गरी बालबालिकाकै शिक्षाको विकासमा आफूलाई समर्पित गर्ने प्रण गरिन् । त्यही प्रणको यथार्थ रुप भनेको उनी संस्थापक रहेको छुनामुना मन्टेश्वरी विथ डे केयर हो । दृढ ईच्छाशक्ति र लामो संघर्षको दौडानपछि स्थापना भएको उनको स्कुल काठमाडौको धुम्बाराही मण्डीकाटारमा रहेको छ । संस्थापक नै अधिकारी रहेको उक्त मन्टेश्वरीको स्थापना वि.सं. २०६३ मा भएको हो । काठमाडौमा मन्टेश्वरीको संख्या गनेर नसक्ने छ । ती सवै मन्टेश्वरी भन्दा अधिकारीले स्थापना गरेको भिन्दै छ । उनको मन्टेश्वरीमा हाल करीव २०० सानाबालबालिकाले पठनपाठन गर्दै आएका छन् । मन्टेश्वरीमा सानाबालबालिकालाई व्यवहारिक शिक्षा दिइन्छ । विभिन्न शैक्षिकविधि र कलामार्फत् विद्यार्थीको मनमस्तिष्कमा भिज्ने गरी पढाउन सक्नु छुनामुना मन्टेश्वरीको फरक पहिचान हो ।

साना बालबालिकालाई क, ख अक्षर सिकाउनु भन्दा ठुलो कुरा नेपाली मौलिक संस्कारको क, ख सिकाउनु महत्वपूर्ण हुने गुरुआमा अधिकारीको तर्क छ । साना बालबालिकाको पहिलो पाठशाला घर हुन्छ । हामीले हाम्रो मन्टेश्वरीलाई नै असल संस्कार सहित शिक्षा दिइने घर बनाउने सत्प्रयास गरिएको अधिकारीको भनाई छ । अधिकारीको मन्टेश्वरीको अर्को महत्वपूर्ण विशेषता भनेको नै बालबालिकालाई मातृवात्सल्य प्रेम दिई व्यवहारिक शिक्षा प्रदान गर्नु हो । बालबालिकालाई सवैभन्दा पहिले प्रेममय पारिवारिक वातावरण दिइनुपर्छ भन्ने उनको मान्यता छ । प्रेमले जस्तोसुकै शत्रुलाई परास्त गर्न सकिन्छ भने ईश्वरको दोस्रो रुप मानिने बालबालिकाको मन जित्नु प्रेमकै प्रयोग गरिनुपर्छ । कुटेर, पिटेर र थर्काएर कहिल्यै पनि बालबालिकालाई उचित शिक्षा  प्रदान गर्न सकिदैन र बालबालिकाले स्वतन्त्रताको भरपुर रसास्वादन गर्न पाउनुपर्छ भन्ने तर्क गुरुआमा अधिकारीको छ । यही तर्क र विश्वासको आधारमा नै छुनामुना मन्टेश्वरी संचालन हुँदै आएको छ । जसकाकारण यो मन्टेश्वरीका अभिभावकहरु सन्तुष्ट छन् भने विद्यार्थीको आकर्षण समेत बढ्दो छ । गुरुआमा अधिकारी आफ्ना बालबालिकाको मनमा मातृवात्सल्य पे्रमबाट रम्न सफल छिन् ।

छुनामुना मन्टेश्वरीका बालबालिकाहरु हर्षित मुद्रामा देखिन्छन् । मन्टेश्वरीमा प्ले गु्रपदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । बालबालिकालाई बजारका खाद्यपदार्थहरु खानमा बन्देज लगाइएको छ भने शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक रुपमा समेत स्वास्थ्य राख्नका लागि विभिन्न ध्यान र साधना विधिको प्रयोग गर्ने गरिएको छ । छुनामुना मन्टेश्वरी पढेर उच्च कक्षा पढ्न जाने विद्यार्थीले राम्रो पढाइ गर्दै आएको समेत पाइन्छ ।

नारीहरुको शैक्षिक, सामाजिक र आर्थिक समृद्धिले मात्र समाज र मुलुकको विकास सम्भव हुन्छ भन्ने विश्वास राख्ने अधिकारी आफू राजनीतिक परिवारको सदस्य भएपनि राजनैतिक क्षेत्रमा खासै चासो राख्दिनन् । मन्टेश्वरी क्षेत्रमा राज्यका सरोकारवाला निकायले चासो र कुनै सहयोग नराखेको गुनासो गर्ने अधिकारी हाल मन्टेश्वरी एसोसिएसनको केन्द्रिय सदस्य रहेकी छन् । बालशिक्षाको क्षेत्रमा संगठित भै कामगर्न पनि एसोसिएसनको स्थापना गर्नु परेको उनको तर्क छ । शिक्षा क्षेत्रका होमिदै गरेकी अधिकारीले पैसा कमाउनु मात्र आफ्नो साध्य नभई मन्टेश्वरी मार्फत् सामाजिक सेवाको अभ्यास गर्दै गरेको दावी गर्छिन् । उनले आर्थिक अभाव र गरिवीले अक्षर चिन्न मुस्किलमा परेको केही बालबालिकालाई शिक्षा दिदै आएकी छिन् भने आगामि दिनमा त्यस्ता बालबालिकाहरुलाई अरु बढी स्थान दिने उनको लक्ष्य छ ।
नारी शिक्षा र हकअधिकारको आवाज उठाउन पछि नपर्ने उनले आफ्नो मन्टेश्वरीमा शिक्षकहरु समेत सवै महिलाहरु नियुक्त गरेकी छन् । उनको मन्टेश्वरीको गाडी चालक पनि महिला नै रहेकी छिन् । महिलाहरु आफै उठेर केही गर्नुपर्छ भन्ने भावनाको विकास नभएसम्म कसैले केहीगर्न नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक