सम्राट सिंह/असोज २२, बझाङ । जिल्लाको धार्मिक तथा ऐतिहासिक सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको छ ।

असोज १९ गते पूर्णिमाको दिनदेखि संञ्चालन भएको सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको हो ।

प्रदेश स्तरिय ६ टिमबिच प्रतिष्पर्धा भएको उक्त भलिबल प्रतियोगितामा कञ्चनपुर टिम प्रथम, बझाङ टिम दोस्रो भएको भलिबल संघ बझाङका अध्यक्ष शिक्षाप्रेमी जोशी बताए ।

यस्तै महिला खुला भलिबल प्रतियोगितामा बझाङ जिल्लाका ८ वटा टिम खेलमैदानमा उत्रेका थिए । महिला भलिबल प्रतियोगितामा तेस्रो आँखा टिम पहिलो र बझाङ सार्वजनिक यातायात टिम दोस्रो भएको उनको भनाइ छ ।

प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार तथा दोस्रो हुनेलाई ७५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो भने महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १५ हजार पुरस्कार व्यवस्था गरिएको थियो ।

प्रदेश स्तरिय भलिबल प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समितिले गरेको थियो भने महिला भलिबल प्रतियोगिताको आयोजना बझाङ सार्वजनिक यातायात र सुलोन पोल्टिफोमले गरेको थियो । विजयी टिमहरुलाई आजै प्रमाणपत्र सहित सम्मान गरी पुरस्कार समेत बितरण गरेको छ ।