पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा ग"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा ग"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

निशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परिक्षण

२०७४, २३ आश्विन सोमबार ०४:२४

पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा गरी ८ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको हो ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको थियो ।


शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परिक्षण गरेका थिए । मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताए । शरीरमा बढी बोसो जमेमा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उनले बताए ।


दैनिक व्यायामले रोग न्युनिकरणमा सघाउने उनले सल्लाह दिए । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ । छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउने जस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न सल्लाह दिनुभयो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।


उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरेका थिए । उनले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । उनले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली