Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहा नगर कार्यपालिका गठन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २३, लहान । सिरहा नगरपालिकाको नगरकार्यपालिका गठन भएको छ ।

नगरकार्यपालिकाको गठन प्रक्रियाअनुसार प्रत्येक वडाबाट निर्वाचित महिला सदस्यमध्ये पाँच सदस्य तथा निर्वाचित सदस्यभन्दा बाहिरबाट दलित वा अल्पसंख्यक पदको लागि तीन जना गरी आठ जना थपिएपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो ।

नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट संघीय समाजवादी फोरम नेपालका फूलपरास देवी, तारादेवी सदा, सीमा मण्डल तथा नेपाली काँग्रेसबाट इन्द्रादेवी कर्ण र रुकसाना खातुनले ८३/८३ मत ल्याई विजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचित सदस्यबाहेक दलित वा अल्पसंख्यक सदस्य पदमा नेपाली काँग्रेसबाट उदयशंकर राउत र विनयकुमार साहले ८३/८३ मत ल्याई विजय हुनुभएको छ भने संघीय समाजवादी फोरम नेपालबाट हिन्देश्वरप्रसाद लाल कर्णले ८१ मत ल्याई विजय हुनुभएको छ । नगरसभामा नगरप्रमुख, उपप्रमुख, २२ वडाकै वडाध्यक्ष तथा आठ जना गरी ३२ सदस्यीय रहने व्यवस्था छ । रासस