Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा राईसमिलमा कपाल बेरिएर एक महिला गम्भीर घाईते

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव/असोज २४, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा ४ स्थित सासापुर गाउँमा आफैले संचालन गरेको कुटानपिसान मिलको हालरमा बेरेर मंगलवार एक महिला गम्भीर घाइते भएका छन् ।

बिगत ४ बर्ष देखि अफैले सन्चालन गर्दै आइरहेको तारा राईस मिल कि प्रोप्राईटर ४० वर्षकि अनिता कुमारी देबि झा धान कुट्ने क्रममा हालरमा साडी बेरिए पछि, छुटाउन खोज्दा केस पनि बेरिन गई कपाल समेत बेरिए पछि कपालको बाहिरी छालाको भाग समेत निस्के पछि गम्भीर घाईते भएको पारिवारिक स्रोतले बताएका छन् ।

तारा राईस मिलका मिस्त्री दशैको छुट्टिमा घर गएको हुदा मिल चलाउने कोहि नभएपछि मिल मालिकले आफैले चलाउदा हालरमा साडि र केस बेरि गम्भीर घाईते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाईते झा कि श्रीमान बिगत दुई वर्ष देखि  रोजगारीको सिलसिलामा बिदेशमा छन् । चार सन्तान कि आमा समेत भएकी अनितालाई हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बिरगंज लगिएको स्रोतले जनाएको छ ।