१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संस्थामा जागिर बनाई दिन्छु भन्दै पैसा असुली गर्ने दिउसै फरार

१९ माघ २०७२, मंगलवार ०७:३९

दान बहादुर बुढा/ माघ १९, मुगु । सदरमुकाम गमगढीको नयाँ राडमा रहेको स्थानीयको घरमा दर्ता नै नभएको गैर सरकारी संस्थाको कार्यालय राखेर जागिर दिन्छु भन्दै रकम असुली गर्ने एक युवा सदरमुकाम गमगढी बाट दिउसै भाग्न सफल भएको छन ।

पश्चिम खत्याड भेगमा पर्ने श्रीकोट गाविस वडा नम्बर २ बस्ने कर्ण सिंह विसी (टमटा )ले कर्णाली शान्ति विकास समाज सेवा नेपाल नामक स्थानीय गैर सरकारी संस्थाका लागि कर्मचारी आवश्यकता परेको भन्दै केहीदिन अघि सार्वजनिक सुचना गरि जागिरका लागि दरखास्त दिएका युवा युवतीबाट रकम असुलेको विषय सार्वजनिक हुन लागे पछि यसरी उनि भागेका हुन ।

आकर्षक तलबको व्यवस्था संस्थाले दिन्छ तपाईहरुले संस्थाको विश्वासका लागि नियुक्ति बुझने बेला पदको अबस्था बुझि एक लाख देखी पचास हजार दिनु पर्छ भन्दै विसीले धु्रव बुढा र सम्झना बुढाबाट ३५ हजार ,रुपबहादुर नेपालीबाट पचास हजार रकम विसीले लिई सकेका थिए । सम्झना बुढा जुम्ला जिल्ला कनका सुन्दरी गाविसकी भए पनि उनि कैलालीमा बस्दै आएकी थिईन ।

उनलाई संस्थाको लेखापाल पदमा जागिर दिने भन्दै मुगु बोलाएका थिए । आफुलाई रकमका कुरा नगरेको र मासिक २५ हजार तलब हुने बताएको तथा अन्य १५ जनाले पाँच हजार देखि पचास हजार सम्म रकम बुझाएको सामाजिक परिचालकको पदका लागि दरखास्त दिएका श्रीनगर गाविसका स्थानीयवासी कृष्ण हमालले बताए ।

यस्तो जानकारी आए पछि नागरिकले तिन दिन अघि देखि निगरानी गर्दै आएको थियो । संस्था कुनै ठाउमा दर्ता नभएको र कर्मचारी भर्ना गर्न थालेपछि शंका उत्पन्न भएको थियो । आईतवार चार वजे नियुक्ति दिने भन्दै केही युवा युवतीलाई बोलाएको जानकारी भए पछि बिहान ११ बजे अघि नै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउदा प्रशासनले बिसीको बारे बुझन्न डीला सुस्ती गरेको केही जिम्मेवार ब्यातिहरुको भनाई रहेको छ ।

नियुक्ति लिंदा एक लाख देखी पचास हजार धरौटी राख्नु पर्ने भन्दै विसीले दरखास्त दिएका युवा युवतीलाई एक्ला एक्लै भेट्ने गरेका थिए । कतिपयले पहिलो पटक पाँच हजार, विस हजार , तिस हजार सम्म बुझाए भने कतिपयले आईतवार चार वजे नियुक्ति लिदा रकम बुझाउने तयारी गरिरहेका थिए । त्यहि क्रममा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनीधी र नागरिककर्मी सहित केही सञ्चारकर्मी कार्यालयमा पुगेर विसीसंग सोधपुछ गरे पछि संस्थाको आधिकारीक प्रमाण भेटिएन । त्यसको लगतै जिल्ला प्रशासनले प्रशासन कार्यालयमा झिकाउने तयारी गरिरहेको थियो । तर अपरान्ह ३ ः ०० बजे तिर सवैका आँखा छलेर विसी कार्यालयबाट बाहिरिएका थिए । उनि भागेको दश मिनेट पछि जिल्ला प्रहरी कार्यालयका घुमुवा विसी पछि पछि दौडे भने अर्को तर्फबाट प्रहरी पनि खटिएको थियो । जिल्लाको चारै भेगमा प्रहरी पहिचालन गरेको छु जिल्ला बाहीर जाने नाकामा रोक थामकोलागी जानकारी समेत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सोम बहादुर थापाले बताइका छन । विसी पछि पछि दौडेका एक जना प्रहरीका घुमुवाले भेटाउन नसकेको जानकारी दिए ।

उनि भागे पछि बल्ल जागिर पाउने आस गरि रकम दिएका युवा युवती पछुताए । पचास हजार बुझाएका रुपबहादुर नेपालीका काका हर्क नेपालीले नागरिकसंग भने , तपाई अघि देखि नै कति रकम दिनु भयो भनेर सोध्नु हुन्थ्यो मैले त पाएको जागिर फुत्किन्छकी भनेर केहि भन्न सकिन त्यो दलाल रहेछ । राम्रो जागिर पाउने भने पछि तिन दिनसम्म बजारमा सर सापट गरेर पचास हजार जम्मा गरि बुझाएको उनले बताए । विसी भागे पछि पिडीत बनेका युवाहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन ।

त्यस्तै विसीले कार्यालय प्रयोजनका लागि घर भाडा लिदा घर मालिक सिंहबहादुर बुढासंग एकै चोटी १७ वर्षको सम्झौता गरेको साथौ कार्यालय सजाबटकालागी गमगढी बजारमा रहेको रबिन्दै टेड्स एण्ड सप्लायस नामक फर्मबाट ९०हजार भन्दा बढीको सामानको कारोवार उदारो गरेको बताए पनि हरेक वर्षमा सम्झौता गर्ने भने पछि एक वर्षको सम्झौता गरेको घर मालिक बुढाले बताए । मासिक पाँच हजार पाँच सय घर भाडा तिर्ने गरि एक महिना देखि विसीले कार्यालय खोलेको बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने