१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

लामो समय पछि दुई माओवादी बिच कार्यगत एकता

२१ माघ २०७२, बिहीबार १२:२२

दान बहादुर बुढा/ माघ २१, मुगु ।  पाटी विभाजन भएको लामो्र समय पछि एकिकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच विहिबार कार्यगत एकता भएको छ ।

विहिबार सदरमुकाम गमगढीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलन गरि विहिबार देखि दुई पाटी बिच कार्यगत एकता भएको र यो नै पाटी एकिकरणको प्रारम्भिक सुरुवात भएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक विर्खबहादुर थापाले जानकारी दिए । विभिन्न चरणको छलफल र बहस पछि विहिबार विहान दुवै पाटीको संयुक्त बैठकले आगामी फागुन एक गते जनयुद्धको २१ औ वार्षिक उत्सव संयुक्त रुपमा मनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

जिल्ला स्तरमा कार्यकर्ता तहबाट पाटी एकिकरण र कार्यगत एकताका लागि निकै दवाव आएको र विस्तारै छुटिएर अलग भएका माओवादी पाटीसंग कार्यगत एकता तथा पाटी एकिकरणका लागि आवश्यक बहस अगाढी बढाउने एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष अजबहादुर शाहीले बताए । जिल्ला तहबाट माओवादी पाटी बिच कार्यगत एकतासंगै पाटी एकिकरणका लागि केन्द्रिय समितिलाई सन्देश प्रवाह गरिने उनले बताए ।

कार्यगत एकता पछि तिब्बतसंग जोडने गमगढी नाक्चेलाग्ना सडक निर्माण कार्यलाई तिब्रता दिन गमगढी नाक्चेलाग्ना सडक संघ्रर्ष समिति गठन गर्ने , जिल्लामा रहेको व्याप्त भ्रष्ट्राचार ,अनियमितता, विकृति र विसंगतीका विरुद्धमा सशक्त आवाज उठाउन कार्यगत एकताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी