३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाली काँग्रेस मुगु चुनाबि प्रतिस्पर्धा

१ फाल्गुन २०७२, शनिबार ०१:५९

फागुन १, गमगढी । नेपाली काँग्रेसले आफना ७५ जिल्लामा २५ गते तोकेको जिल्ला अधिबेसन सभापति शुशिल कोईरालाको निधनले काँग्रेस मुगुले दुई दिन स्थगित गरेको भए पनि २८ गतेबाट सुरु भएको बन्दशत्र शुक्रबार सबै पदमा चुनाबि प्रतिसर्धा भएको छ ।

सात कार्यसमिति र ६ महाअधिबेसन प्रतिनिधिका लागी जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले सहमति गराउने प्रयास गरेको भएपनि कुनै पनि पदमा सहमति नभएपछि निर्बाचन समितिले सुक्रबार निर्बाचन गराएको हो ।

mugu२ सय १७ जना प्रतिनीधी रहेको काँग्रेस मुगुको सभापति पदमा संस्थापन पक्षबाट खड्क बहादुर शाही र देउवा पक्ष बाट पदम बहादुर रावलले चुनाबि प्रतिसप्रधा गर्दै छन भने सचिब पदमा संस्थापनबाट सिंह मल्ल र देउवा पक्षका मञ्जन कार्की चुनाबमा उत्रिएका छन । सभापतिका पदका लागी पुर्ब शिक्षा राज्यमन्त्रि हस्त बहादुर मल्लले सहमति गराउने प्रयास गरेका भएपनि अन्तमा कुनै पनि पदमा सहमति नभएकाले चुनाबमा जानु पर्ने काँग्रेस मुगुले जानकारी दिएको छ ।

त्यस्तै महत्वपुर्ण र केन्द्रीय निर्वाचनका लागि निर्णायक मानिने महाधिवेशन प्रतिनिधी जिल्लाबाट छ जना जानु पर्ने भए पनि २० जनाले चुनावी प्रतिस्पर्धा गरेका छन । जसमध्य संस्थापन पक्षबाट पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, पुर्व जिविस सभापति छिरिङ्क क्याप्ने लामाको नेतृत्वमा र महिला तर्फबाट पुर्णदेवी मल्ल, सुर्यदेवी मल्ल, जनजाती तर्फ कार्मा फोञ्जोक लामा ,दलित तर्फ रत्न नेपाली, अल्प संख्यक आदिवासी तर्फ पासाङ्ग टोमा रोक्का मगर र खुला तर्फ जंगबहादुर शाही , नवराज जैसी देविलाल मल्ल र रामबहादुर बुढा प्रतिस्पर्धामा छन ।

mugu 3
त्यस्तै देउवा पक्षबाट निवर्तमान पाटी सभापति ऐनबहादुर शाही, तिलकबहादुर मल्ल, सिहंबहादुर धामी, मदनबहादुर मल्ल, पदमबहादुर रावल ,केशरबहादुर शाही, महिला तर्फ धनशिला मल्ल, राज्यलक्ष्मी शाही, दलित तर्फ धनलाल तिरुवा रहेका छन ।

निर्बमान सभापति ऐन बहादुर शाहीले आफनो उम्मेदारी फिर्ता लिएकाले दुबै पक्ष आ आफनो उम्मेदारी लाई जिताउन प्रतिनिधी लाई तानातान गरिरहेका देखिए पनि देखिएको छ । निर्वाचनका क्रममा आफ्ना उम्मेदवार जिताउन भेगिय र जातीय नारा समेत उठाएका छन । यस्तो अवस्थालाई हेर्ने हो भने नेपाली काँग्रेस मुगुमा प्रतिनीधि संख्या क्षेत्रीको बढि छ ।

mugu 1
यसमा पदमबहादुर रावल बिजयी हुने उनि निकट कार्यकर्ताले दावी गरेका छन भने अर्का सभापतिका प्रत्यासी शाही संस्थापन पक्षका प्रतिनीधी संख्या बढि रहेकाले शाहीको बिजय निश्चित रहेको उनि निकट कार्यकर्ताले दावी गरिरहेका छन । निर्वाचन अपरान्ह तिन बजेबाट सुरु भएको थियो । मतदान प्रक्रियामा पचास प्रतिशत प्रतिनीधीले वारिसे नामा दिएकाले मतदान कार्य केही ढिलो भएको र मतगणना शनिवार मात्र हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दमनराज बमले जानकारी दिएका छन ।

अधिवेशनको उद्घाटन सत्र सदरमुकाम गमगढी बजारमा रहेको महाकालि उच्च मावि श्रीनगरमा भए पनि अधिवेनशनको बन्द सत्र देखि अन्य निर्वाचनका सबै क्रियाक्लाप रारा बहुमुखि क्याम्पस नाउरमा सञ्चालन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ