पर्वत ।  आगामी मंसिर २१ गते पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि पर्वतका क्रियाशिल राजनीतिक दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

पर्वत ।  आगामी मंसिर २१ गते पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि पर्वतका क्रियाशिल राजनीतिक दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् "/>

२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रतिनिधि सभा र प्रदेशसभाको टिकटको प्रतिक्षामा पर्वतका नेताहरु

२०७४, २६ आश्विन बिहीबार ०९:५५

 

पर्वत ।  आगामी मंसिर २१ गते पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि पर्वतका क्रियाशिल राजनीतिक दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति राप्रपा लगायतका दलले केन्द्रमा उम्मेवारको सूची तयार गरेर पठाएकमा छन् । माओवादी लगायत अन्य साना दलमा सहमति भएपनि दुई शिर्ष दलमा भने सहमति हुन नसक्दा उम्मेदवारको सूची निकै लामो बनाएर केन्द्रमा सिफारीस गरेका हुन् ।

प्रतिनिधि सभाका लागि दावेदार उम्मेदवारको नाम थोरै भएपनि प्रदेशसभाका लागि भने निकै धेरै देखिएको छ । संघका लागि अलिक बढि राजनीतिमा क्रियाशिल, जिल्लाको राजनीतिबाट केन्द्रमा पुगेको, केन्द्रिय तहका नेताहरुसँग पनि हिमचिम भएको व्यक्ति हुँदा टिकट पाउन सहज हुने भएकाले संघका लागि दाबेदारहरु भने कमै रहेका छन् । 

तरपनि एक जनामा मात्र सहमति हुन नसक्दा नेपाली काँग्रेस र एमालेले पाँच÷पाँच जनाको नाम सिफारीस गरेका छन् । त्यस्तै माओवादी केन्द्रले नेत्र अधिकारी हिमाललाई मात्रै संघका लागि सिफारीस गरेको छ । अन्य साना दल राप्रपा, नयाँ शक्तिको पनि उम्मेदवारको सूची न्यून छ ।

जिल्लामा टुंगो लगाउन नसकेपछि केन्द्रमा उम्मेदवारहरुको सूची पठाएका दलका नेताहरु यतिवेला टिकटको प्रतिक्षामा रहेका छन् । संघमा र प्रदेशमा कसले टिकट पाउँला, कुन पक्षकोले टिकट पाउँछ, समानुपातीमा को को पर्लान भन्ने बहसहरु यतिवेला सर्वत्र चासोको विषय पनि बनेको छ ।

काँग्रेसबाट संघका लागि अर्जुनप्रसाद जोशीको नाम निर्विकल्प जस्तै देखिन्छ । भने प्रदेशका दुई तहमा पनि ठुलो सूची रहेकाले भागवण्डाका आधारमा कसले पाउँछ भन्ने निश्चित देखिदैन । त्यसैगरी एमालेमा पनि संघमा विकास लम्साल, गणेशशर्मा पौडेल र कल्पना चापागाईको सम्भावना छ । यी तीनमध्ये एकले टिकट पाउने निश्चित देखिन्छ । भने प्रदेशतर्फ क्षेत्र क मा मुख्य मन्त्रीको रुपमा पार्टीले सिफारीस गरेमा गणेश तिमिल्सिना उम्मेदवार बन्ने देखिएको छ ।

 उहाँलाई दुवै क्षेत्रले सर्वसम्मत उम्मेदवार सिफारीस गरेपनि मुख्य मन्त्रीको रुपमा अघि सारिएमात्र लड्ने हुनुभएको छ । अन्यथा क्षेत्र क मा पदम गिरीको निश्चित छ । भने क्षेत्र नं. २ मा १३ जनाको दाबेदारी रहेकोमा मोती पौडेल र देबेन्द्र पाण्डेमध्ये एकले टिकट पाउने भएका छन् । उनिहरु दुई जनाले नपाएमा क्षेत्रीय कमिटिबाट सिफारीसमा परेका अन्य १० जना मध्ये पहुँचका आधारमा तेस्रो व्यक्ति पनि आउन सक्ने सम्भावना रहेको सो पार्टीका नेताहरुको विश्लेषण छ ।

त्यस्तै एमाले, माओवादी र नयाँशक्ति लगायतका बामपन्थी दलहरुबीच चुनावी एकता भएपछि क्षेत्र नं. १ वा २ मा एकमध्ये प्रदेश सभाका लागि एक स्थान माओवादीले पाउने भएको छ । बाम गठवन्धनको वैठकले कुनैपनि जिल्ला निल नहुनेगरी उम्मेदवार टुंगो लगाउने तयारी गरकाले दुई प्रदेशसभाका सदस्य मध्ये एकमा माओवादी केन्द्रले टिकट पाउने भएको छ । अहिलेनै कुन क्षेत्रको कसलाई दिने भन्ने बारे यकिन नभैसकेको नेकपा एमाले पर्वतले जनाएको छ ।

त्यस्तै जिल्लामा क्रियाशिल नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दल, जनमुक्ति पार्टी लगायतले पनि उम्मेदवार टुंगो लगाएको बताएका छन् ।

एमाले लगायतका बाम दलहरु एकतावद्ध भएकाले संघ, प्रदेशका दुवै पदमा आफ्ना उम्मेदवार बिजयी हुने आँकलन उनिहरुको रहेको छ । स्थानिय तहको चुनावको परिणाम अनुसार नेपाली काँग्रेसले भन्दा एमाले र माओवादीले प्राप्त गरेको मत झण्डै ७ हजारले बढि रहेको तथ्यांकका आधारमा पनि बाम गठवन्धनका उम्मेदवार बिजयी हुने अनुमान गरिएको छ । उता नेपाली काँग्रेसबाट पर्वत क्षेत्र नं. १ मा पटक पटक बिजयी हुँदै आएका अर्जुनप्रसाद जोशीले बिजयी हासिल गर्ने दावी पनि काँग्रेस नेताहरुले गरेका छन् भने काँग्रेसकै केहि नेताहरुले टिकट वितरण र आन्तरिक कलह नमिलाए जोशीले नजित्ने पनि बताएका छन् । जोशी प्रदेशमा उठ्ने सम्भावना पनि रहेको छ ।

तीन शिर्ष दलमा काँग्रेसवाट संघ र प्रदेशका लागि सांसद अर्जुनप्रसाद जोशी, ऋषिकेश तिवारी, नबराज गुरुङ, खिम भुसाल, बसन्त सिके, दुर्गाबहादुर खत्री लगायतको चर्चा अलिक बढि देखिन्छ । भने नेकपा एमालेमा विकास लम्साल, गणेश शर्मा पौडेल, कल्पना चापागाई, गणेश तिमिल्सिना, पदम गिरी, मोती पौडेल, देवेन्द्रराज पाण्डेको चर्चा बढि रहेको छ । त्यस्तै माओवादीमा नेत्र अधिकारी, केशव कुँवर,गगन थापा, राजकाजी गुरुङ्गको चर्चा देखिएको छ । त्यस्तै राप्रपाबाट संघमा पूर्व जिविस सभापति इच्छाबहादुर गुरुङ्ग उठ्ने भएका छन् । पार्टीको वैठकले उनलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारीस गरेको हो ।

कुन स्थानमा कुन उम्मेदवार बन्छन् भन्ने प्रतिक्षाको घडि भने अब एक साताभित्रै समाप्त हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी