२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत प्रहरीद्धारा पाँच हजार लिटर अबैध घरेलु मदिरा नष्ट

२०७४, २६ आश्विन बिहीबार १२:३१

असोज २६, पर्वत | जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

बिहीवार जिल्ला प्रहरी कार्यालयमा पाँच हजार लिटर भन्दा बढि मदिरा नष्ट गरिएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत अबैध गाँजा र मदिरा नियन्त्रण अभियानका क्रममा सदरमुकाम कुश्माबजार तथा आसपासका क्षेत्र तथा मोदी गाउँपालिका अन्तर्गत डिमुवा, पातीचौर, जलजला गाउँपालिका अन्तर्गत मिलनचोक, वारीबेनीबाट उक्त मदिरा बरामद गरिएको थियो ।


अबैध मदिरा उत्पादन तथा विक्रि गरेको सुचनाका आधारमा खोजतलास गर्दा उक्त मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमीरेले जानकारी दिए । स्थानीय स्तरमा उत्पादन गरिने मदिराका कारण समाजमा नकारात्मक असर पार्ने र गुणस्तरहिन मदिराको सेवनबाट जनस्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएकाले मदिरा उत्पादन र विक्रि वितरण गर्ने स्थानमा कडाई गरिएको घिमिरेले जानकारी दिए ।

उहाँले अन्य स्थानहरुमा पनि मदिरा नष्ट गर्नका लागि अभियान नै संचालन गरिएको बताउनुयो । प्रहरीले यसअघि जिल्लाभरीबाट पाँच हजार भन्दा बढि गाँजाका बोट समेत फडानी गरी नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटहरुको सक्रियतामा गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो