2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ मालपोतका हाकिम घुस लिँदै गर्दा रंगेहात पक्राउ

असोज २७, बाग्लुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीद्धारा बाग्लुङ मालपोत कार्यालयका हाकिम घुस लिँदै गर्दा पक्राउ परेका छन् । 

अख्तियारका सूचना अधिकृत रमेश ढकालका अनुसार विहिबार साढे चार बजेको समयमा मालपोत अधिकृत विश्वनाथ शर्मालाई निजकै कोठाबाट १० हजार रुपयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

शर्माले सेवाग्राहीसंग घुस मागेको भनी अख्तियारको क्षेत्रिय कार्यालय पोखरामा दिइएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । 

साबिक कालिका गाविस वडा नं २ को जग्गा राजिनामा पास गर्ने काममा मालपोत अधिकृत शर्माले रामरेखाका आचार्य थरका एक जना व्यक्तिबाट घुस लिएका थिए ।

नियन्त्रण लिईएका अधिकृत शर्माले मुचुल्कामा हस्ताक्षर गर्न इन्कार गरे पनि अन्य साक्षीको रोहवरमा मुचुल्का तयार गरी अधिकृत शर्मालाई थप अनुसन्धानका लागि अख्तियार टोली पोखरा लागिसकेको छ ।

घुस लिएको सूचना पाएपछि अख्तिायारको टोली दुई दिन देखि बाग्लुङ सदरमुकाममा रहेको थियो । मालपोत कार्यालयका प्रमुख रंगेहात पक्राउ परेपछि कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो